नेपाली एनिमेटेड चलचित्र “जय लाखय्” भाद्र १४ गते एफक्यूब सिनेमासमा प्रिमियर हुने

0

काठमाडौं । काठमाडौँ उपत्यका यतिबेला जात्रामय भएको छ। गाईजात्राको समापनसँगै अब इन्द्रजात्राको तयारीमा भव्यता थपिँदै गर्दा, यस सांस्कृतिक माहोलमा आधारित नेपाली एनिमेटेड चलचित्र “जय लाखय्” यही भाद्र १४ गते शनिबार काठमाडौँको एफक्यूब सिनेमास, केएल टावरमा प्रिमियर हुने भएको छ।

नेवार समुदायको मौलिक सांस्कृतिक सम्पदा लाखे नाचको ऐतिहासिक पृष्ठभूमिमा आधारित यो चलचित्र यांत्रकलाको ब्यानरमा निर्माण गरिएको हो। आठ वर्षको समय लगाएर तयार पारिएको “जय लाखय्” मा लाखेको उत्पत्ति, विकास र धार्मिक पक्षलाई सजीव एनिमेसनमार्फत प्रस्तुत गरिएको छ।

स्व. सत्य मोहन जोशीको कथा, संवाद र पटकथामा आधारित यस चलचित्रको सम्पादन तथा निर्देशन संयुक्ता श्रेष्ठले गरेकी हुन्। चलचित्र संयुक्ता र नियुक्ता श्रेष्ठको निर्देशनमा तयार भएको हो भने यसमा अञ्जना श्रेष्ठ, लोचन मानन्धर, शैलेन्द्र मानन्धरसमीर महर्जन निर्माता रहेका छन्।

गुठी अष्ट्रेलियाद्वारा प्रस्तुत गरिएको चलचित्रलाई नेपाल ललितकला प्रतिष्ठान, नेपालभाषा एकेडेमी, नेपालभाषा टाइम्सज्यासः फिल्म्स लगायत संस्थाहरूको पनि सहयोग प्राप्त भएको निर्देशक श्रेष्ठले जानकारी दिएकी छिन्।

नेपालभाषा र नेपाली दुबै भाषामा उपलब्ध “जय लाखय्” चलचित्रमा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाको इङ्गल्याण्ड भ्रमणसम्बन्धी ऐतिहासिक सन्दर्भ पनि समेटिएको छ। साथै, लाखे पात्रले आफूभित्रको दानवीय स्वभाव त्यागेर बालबालिकाको रक्षामा समर्पित हुने धार्मिक आस्थालाई समेत चलचित्रले जीवन्त रुपमा उतारेको छ।

चलचित्रको आधिकारिक ट्रेलर हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्



Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top