विनायकमा त्रैमासिक पुस्तक समीक्षा कार्यक्रम सम्पन्न

0


भक्तपुर । विद्यार्थीहरूमा पठन संस्कृतिको विकास तथा सिर्जनात्मक अभिव्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले विनायक शिक्षालयले कक्षा ४ देखि ७ सम्मका विद्यार्थीहरूलाई लक्षित गर्दै त्रैमासिक रूपमा अनिवार्य पुस्तक समीक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । सोहीअनुसार हालै सम्पन्न प्रथम त्रैमासिक पुस्तक समीक्षा कार्यक्रममा उत्कृष्ट समीक्षा प्रस्तुत गर्ने विद्यार्थीहरूलाई विशेष पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि Ozan Books Distributor का व्यवस्थापक श्री पुष्पतम श्रेष्ठूले प्रत्येक कक्षाबाट तीन–तीन जना गरी कुल १२ जना विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरेको छ ।

पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूमा कक्षा ४ बाट आस्था श्रेष्ठ, सुप्रिया थापा र पूजा राजभण्डारी, कक्षा ५ बाट प्रकृति सिंह ठकुरी, स्वस्तिका श्रेष्ठ र इभिलिन श्रेष्ठ, कक्षा ६ बाट युलन राई, प्राञ्जल कार्की र टिसुभान श्रेष्ठ तथा कक्षा ७ बाट श्रीजी हेक्का, रिहाना श्रेष्ठ र निलिसा बज्राचार्य रहेका छन् ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुरेन्द्र विक्रम प्रजापतिले विद्यार्थीहरूमा पढ्ने बानी बसाल्न पुस्तक समीक्षा कार्यक्रम निकै प्रभावकारी भएको बताउँदै यसबाट बालबालिकाको लेखन शैलीमा समेत उल्लेखनीय सुधार हुने विश्वास लिएको धारणा व्यक्त गरे ।

प्रधानाध्यापक प्रजापतिले पुरस्कार प्रायोजन गरी विद्यार्थीहरूको हौसला बढाएकोमा Ozan Books Distributor लाई विद्यालय परिवारको तर्फबाट विशेष धन्यवादसमेत व्यक्त गरे । विद्यालयले आगामी त्रैमासिक रुपमा कार्यक्रम निरन्तर सञ्चालन गर्ने जनाएको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top