चाँगुनारायणको बेशी गाउँमा ४०० एभोकाडो बिरुवा वितरण

0



भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं १ स्थित बेशी गाउँमा ‘चाँगुनारायण सिटी एभोकाडो सिटी अभियान’ अन्तर्गत ४०० एभोकाडोका बिरुवा निशुल्क वितरण गरिएको छ। मंगलवार बिहान आयोजित कार्यक्रममा स्थानीय बासिन्दालाई बिरुवा वितरण गरिएको हो।

कार्यक्रमका संयोजक नरेश खड्काले दीर्घकालीन आर्थिक र वातावरणीय लाभलाई लक्षित गर्दै बिरुवा वितरण गरिएको जानकारी दिए।

कार्यक्रममा बोल्दै अभियानका परिकल्पनाकार डि.पि. ढकालले एभोकाडो उत्पादनलाई व्यावसायिक रुपमा विस्तार गर्न स्वदेशी तथा विदेशी बजारमा निर्यातको पहल समेत गरिने बताए। "बिरुवा मात्र वितरण होइन, यसको व्यापारिक मूल्य श्रृंखलामा किसानलाई जोड्ने हाम्रो उद्देश्य हो," ढकालले भने।

अभियन्ता तथा समाजसेवी दिनेश खनालले एभोकाडो उत्पादन सुरु भएपछि यसले स्थानीय बासिन्दालाई आर्थिक उन्नतिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। उनले भने, "एक घरले वार्षिक २५ देखि ५० हजार रुपैयाँ आम्दानी लिन सक्छ।"

कार्यक्रमका प्रमुख अतिथि वडा नं १ का अध्यक्ष सिजन कार्कीले अभियानको प्रशंसा गर्दै परिकल्पनाकार डि.पि. ढकाललाई धन्यवाद ज्ञापन गरे। उनले यस्ता अभियानले वडाको समग्र विकासमा मद्दत पुर्‍याउने धारणा राखे।

उक्त कार्यक्रममा अभियन्ता रामकुमार तामाङ, बिनोद लामिछाने, दिपेश लामिछाने, हरिस लामिछाने, नवराज काफ्ले, कृष्ण घिमिरे, दिलकुमार बाला, सुदीप तिमल्सिना, पूर्व जनप्रतिनिधि गणेश श्रेष्ठ, अभियन्ता बेखा अवाल लगायतको उपस्थिति रहेको थियो।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top