भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ५ ले डेरामा बस्ने व्यक्तिहरूको तीन पुस्ते विवरण अनिवार्य रूपमा बुझाउन घरधनीहरूलाई ३५ दिने समय सीमा दिएको छ।
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ५ ले डेरामा बस्ने व्यक्तिहरूको तीन पुस्ते विवरण अनिवार्य रूपमा बुझाउन घरधनीहरूलाई ३५ दिने समय सीमा दिएको छ।
वडा अध्यक्ष राजकुमार जोशीद्वारा बिहीबार सार्वजनिक गरिएको सूचनामा घर बहालमा दिने सबै घरधनीहरूलाई डेरावालको विस्तृत विवरण वडा कार्यालयमा पेश गर्न अनुरोध गरिएको छ। विवरणमा डेरामा बस्ने व्यक्ति वा संस्थाको तीन पुस्ते नाता सम्बन्धको विवरण समावेश हुनु पर्नेछ।
वडाले जारी गरेको सूचनामा भनिएको छ, “यस वडामा घर बनाई विभिन्न प्रयोजनमा आफ्नो घर बहालमा दिनु हुने घरधनीहरूले बहालमा बस्ने व्यक्ति वा संस्थाको तीन पुस्ते विवरण अनिवार्य रूपमा बुझाउन अनुरोध गरिन्छ।”
वडा कार्यालयले हालैको जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको आगजनी र तोडफोड घटनामा स्थानीय डेरावालहरूको संलग्नता हुन सक्ने आशंकामा पहिचान प्रक्रिया अघि बढाएको जनाएको छ।
वडा अध्यक्ष जोशीले वडाको शान्ति, सुरक्षा र सेवा प्रवाहलाई प्रभावकारी बनाउन डेरामा बस्ने व्यक्तिहरूको तथ्यांक संकलन गर्नुपरेको बताएका छन्।
वडा कार्यालयले घरधनी तथा सरोकारवालाहरूलाई तोकिएको समयसीमाभित्र विवरण बुझाएर वडाको सुरक्षालाई सुदृढ गर्न सहयोग गर्न समेत अनुरोध गरेको छ।