विनायक शिक्षा निकेतनमा जापानीज विशिष्ट पाहुनाको भव्य स्वागत

0



भक्तपुर । मध्यपुर थिमिस्थित उत्कृष्ट शिक्षण संस्था विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले जापानका विशिष्ट व्यक्तित्वहरूको सम्मानमा भव्य स्वागत कार्यक्रमको आयोजना गरेको छ। शिक्षालाई संस्कार र अनुशासनसँग जोड्दै युगानुकूल गुणस्तरीय र वैज्ञानिक शिक्षा प्रदान गर्ने उद्देश्यसहित संचालित विद्यालयले यस कार्यक्रममार्फत नेपाल–जापान सम्बन्धलाई अझ सुदृढ बनाउने प्रयास गरेको हो।

विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतीको विशेष निमन्त्रणामा नेपाल भ्रमणमा आएका जापानका ओट्सुकी सहरका मेयर नोबुयासी कोबुयासी, नेपाल–जापान मैत्री संघका अध्यक्ष हिरोनी इसीवोका, ओट्सुकी सहरका मुख्य सचिव कोजुया सुकीमोतो, हुकुतो सहरका पोलिसी डाइरेक्टर हाजिमे ओसिवाउद्योग तथा पर्यटन विभागका निर्देशक सिन्जी यामादा लगायतको टोलीले विद्यालयको भ्रमण गरेका थिए।

कार्यक्रममा विशिष्ट पाहुनाहरूले नेपाल बुद्धको जन्मभूमि भएको उल्लेख गर्दै बुद्धका सिद्धान्त, मौलिक कला संस्कृति तथा प्राकृतिक सम्पदाको संरक्षण र अनुशासित जीवनशैली अंगीकार गर्न सके नेपालले विश्वमै विशेष पहिचान कायम गर्न सक्ने धारणा व्यक्त गरे।

त्यस अवसरमा विद्यालयका संस्थापक प्रिन्सिपल प्रजापतीले नेपाल–जापानबीचको सांस्कृतिक तथा शैक्षिक आदानप्रदानले दुवै देशबीच आपसी मित्रता र सहकार्यलाई सुदृढ बनाउने विश्वास व्यक्त गरे। उनले जापानको प्रविधि, अनुशासन र विकासका मूल्यहरूबाट प्रेरणा लिएर नेपाललाई “प्रकृतिको राजधानी”का रूपमा समृद्ध बनाउने संकल्प व्यक्त गरे।

सोही क्रममा प्रिन्सिपल प्रजापतीले कार्तिक २ गतेदेखि १७ गतेसम्म सम्पन्न शैक्षिक तथा सांस्कृतिक अवलोकन भ्रमणमा जापानी जनताले देखाएको सद्भाव र आतिथ्यका लागि हार्दिक आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले अष्टमातृका नृत्य, नेपाली–नेवारी बाँसुरी धुन र नेपाल–जापानका झण्डासहित सांस्कृतिक प्रस्तुति दिएर पाहुनाहरूलाई स्वागत गरेका थिए। जापानी टोलीले विद्यार्थीहरूको उत्साह र प्रतिभाको प्रशंसा गर्दै विद्यालयको शैक्षिक तथा सांस्कृतिक प्रयासको उच्च मूल्यांकन गरेको थियो।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top