विनायक शिक्षा निकेतनमा तरकारी तथा फलफुल प्रदर्शनी सम्पन्न

0

मध्यपुर थिमि । विनायक शिक्षा निकेतन इङ्लिस स्कुलमा कात्तिक २८ गते पूर्व–प्राथमिक तहका विद्यार्थीहरूको सक्रिय सहभागितासहित ‘तरकारी तथा फलफुल प्रदर्शनी’ सम्पन्न भयो । व्यावहारिक तथा प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिँदै आएका विद्यालयले स्वास्थ्यप्रद, ताजा तरकारी तथा फलफुलका बारेमा बालबालिकालाई जागरूक बनाउन उद्देश्यसहित कार्यक्रम आयोजना गरेको पूर्व–प्राथमिक तहकी इन्चार्ज शोभा प्रजापतिले जानकारी दिइन् ।

प्रदर्शनीमा विद्यार्थीहरूले घरमा उपभोग हुँदै आएका तथा आफ्नै बगैँचामा उत्पादन गरेका तरकारी र फलफुल विद्यालयमा ल्याई प्रदर्शन गरेका थिए । उनीहरूले प्रत्येक वस्तुको नाम, परिचय, स्वाद, पौष्टिकता तथा आफूलाई मनपर्ने कारणसमेत प्रस्तुत गरे, जसले बालबालिकामा आत्मविश्वास वृद्धि गर्न सहयोग गरेको अभिभावकहरूले बताएका छन् ।

शिक्षिकाहरूको संयोजनमा आयोजित उक्त कार्यक्रममा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले प्रारम्भिक तहमै बालबालिकालाई कक्षा कोठाभित्रको सिकाइलाई घर–परिवार र स्थानीय समुदायसँग जोड्न सिकाउनुपर्ने आवश्यकता औंल्याए । स्थानीय रूपमा उपलब्ध फलफुल र तरकारीबारे विद्यार्थीहरूले निर्धक्कसँग जानकारी दिन सकून् भन्ने उद्देश्यले यस्ता कार्यक्रमहरू आयोजना गरिएको उनले स्पष्ट पारे ।

विद्यालयले यस्ता गतिविधिलाई आगामी दिनमा अझै प्रभावकारी रूपमा निरन्तरता दिने प्रतिबद्धता पनि जनाएको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top