भक्तपुर । भाद्र २३ र २४ गतेको आन्दोलनका क्रममा क्षति पुगेको भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रहरी चौकी डोलेश्वर पुनर्निर्माण गरी शनिबार नेपाल प्रहरीले औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।
जगाती प्रहरी वृत्तअन्तर्गत पर्ने उक्त चौकी समाजसेवी तथा युवा व्यवसायी लक्ष्मण अवालको संरक्षकत्वमा, कृष्णराम जाकिबञ्जारको अध्यक्षतामा गठित पुनर्निर्माण समितिले करिब दुई लाख रुपैयाँको लागतमा पुनर्निर्माण गरेको हो। समितिका अध्यक्ष जाकिबञ्जारले पुनर्निर्मित भवन जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सूर्यबहादुर खड्कामार्फत नेपाल प्रहरीलाई हस्तान्तरण गरे।
हस्तान्तरण समारोहमा कोषाध्यक्ष राकेश थापाले पुनर्निर्माण खर्च र कार्यप्रगति सम्बन्धी जानकारी दिएका थिए। कार्यक्रममा सूर्यविनायक नगरपालिका–८ का वडा अध्यक्ष पुष्पराज बस्नेत, जगाती प्रहरी वृत्तकी प्रमुख डिएसपी चञ्चला श्रेष्ठ, डोलेश्वर प्रहरी चौकीका प्रमुख असई शिव निरौला लगायतले चौकी पुनर्निर्माणलाई स्थानीय सुरक्षासँग जोडिएको महत्त्वपूर्ण पहलका रूपमा व्याख्या गरेका थिए।
स्थानीय समुदायको सहयोगमा सम्पन्न पुनर्निर्माणले क्षेत्रको शान्ति–सुरक्षा सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
