अनलाइनमार्फत मतदाता नामावली सच्याउने र मतदान केन्द्र सार्ने सुविधा, ३० कात्तिकसम्म समय

0



काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक तथा मतदान केन्द्र परिवर्तनको प्रक्रिया अनलाइनमार्फतै गर्न सकिने व्यवस्था गरेको छ। आयोगले मतदाता नामावलीमा नयाँ नाम दर्तासँगै पहिल्यै दर्ता भइसकेका विवरणमा त्रुटि सच्याउने र मतदाता नामावली सार्ने (स्थानान्तरण गर्ने) सुविधा पनि उपलब्ध गराएको हो।

आयोगका अनुसार मतदाता नामावलीमा तपाईंको नाम दर्ता भइसकेको छ तर विवरणमा त्रुटि छ भने आउँदो ३० कात्तिकसम्म अनलाइनमार्फतै सच्याउन सकिनेछ। त्यस्तै, बसाइँसराइ, विवाह वा अन्य कारणले मतदान केन्द्र परिवर्तन गर्नुपर्ने भएमा पनि सोही म्यादभित्र नयाँ ठेगानामा सार्न सकिनेछ।

अनलाइनबाट कसरी गर्ने ?

मतदाता नामावली सच्याउन वा मतदान केन्द्र सार्नका लागि आयोगको आधिकारिक वेबसाइटमा गएर प्रि-रजिस्ट्रेसन प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।

१. निर्वाचन आयोगको वेबसाइटमा गएपछि ‘मतदाता नामावली प्रि-रजिष्ट्रेसन तथा अध्यावधिक’ भन्ने विकल्प चयन गर्नुपर्छ।
२. त्यसपछि देखिने ‘नामावली अद्यावधिक’ बटनमा क्लिक गर्दा नयाँ इन्टरफेस खुल्नेछ।
३. त्यहाँ आफ्नो मोबाइल नम्बर प्रविष्ट गरेपछि ओटीपी (OTP) कोड प्राप्त हुनेछ, जसले प्रणालीमा लगइन गर्न सहयोग पुर्‍याउँछ।
४. लगइन गरेपछि आफ्नै विवरणसहित परिवारका सदस्यहरूको नामावली पनि हेर्न र आवश्यक परे त्रुटि सच्याउने वा मतदान केन्द्र सार्ने ‘नयाँ अनुरोध’ थप्न सकिन्छ।

यो प्रक्रिया अघि बढाउनका लागि मतदाता नम्बरसँगै नागरिकता नम्बर वा जन्ममिति अनिवार्य आवश्यक पर्छ।

कुन फर्म चयन गर्ने ?

अनलाइन प्रणालीमा निवेदन दर्ता गर्दा विभिन्न अनुसूचीहरू देखिन्छन्—

  • अनुसूची-२: मतदाता नामावलीमा त्रुटि सच्याउन

  • अनुसूची-३: झुट्टा विवरण दिई दर्ता भएको उजुरी

  • अनुसूची-४: दोहोरो नाम हटाउन

  • अनुसूची-६: मतदाता नामावली सार्न (ठेगाना परिवर्तन गर्न)

त्रुटि सच्याउनका लागि अनुसूची–२ र मतदान केन्द्र सार्नका लागि अनुसूची–६ छनोट गर्नुपर्छ।

फाराम भर्ने क्रममा गलत विवरण र सही विवरण दुवै देखाइनेछ, जहाँ आवश्यक सच्याइ गर्न सकिन्छ। सच्याइएको विवरण प्रमाणित गर्न नागरिकता प्रमाणपत्र, विवाह प्रमाणपत्र, वा बसाइँसराइ प्रमाणपत्र जस्ता सरकारी कागजात अनिवार्य रूपमा अपलोड गर्नुपर्छ। अपलोड गरिने फाइलको आकार ५०० केबीसम्म सीमित राखिएको छ।

मतदान केन्द्र सार्ने प्रक्रिया

मतदान केन्द्र परिवर्तन गर्न अनुसूची–६ चयन गरेपछि हालको र नयाँ ठेगाना दुवै विवरण देखाइनेछ। नयाँ ठेगाना भर्दा सम्बन्धित प्रमाणपत्र (जस्तै नागरिकता, विवाह प्रमाणपत्र वा स्थायी बसाइँसराइ प्रमाणपत्र) अपलोड गरी निवेदन दर्ता गर्न सकिन्छ।

निर्वाचन आयोगका अनुसार यी सबै प्रक्रिया पूर्ण रूपमा अनलाइनबाट गर्न सकिने छन्, त्यसका लागि जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयमा उपस्थित हुनुपर्ने छैन।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top