थिमि गुँला बाजा खलःको दोस्रो अधिवेशन सम्पन्न

0
थिमि गुँला बाजा खलःको दोस्रो अधिवेशन सम्पन्न


मध्यपुर थिमि । जेठ २ गते २५६६ औँ बुद्ध जयन्तिको अवसर पारेर थिमि गँुला बाजा खलःको दोस्रो अधिवेशन मध्यपुर थिमि स्थित गुणकिर्ति महाबिहारमा सम्पन्न भएको छ । उक्त अधिवेशनबाट श्री बिकास बज्राचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति समेतगठन भएको छ । सो कार्यसमितिमा उपाध्यक्ष श्री सुरेश बज्राचार्य, सचिव बिजय बज्राचार्य, सहसचिब सचिन बज्राचार्य, कोषाध्यक्ष राम काजी बज्राचार्य, सहकोषाक्ष्यक्ष मुकेश बज्राचार्य र सदस्यहरुमा सानु काजी बज्राचार्य, दिपेश बज्राचार्य, राजेन्द्र बज्राचार्य, आदित्य बज्राचार्य र समिर बज्राचार्य गरी ११ सदस्यको कार्यसमिति गठन गरिएको छ ।

निवर्तमान अध्यक्ष श्री सुशिल बज्राचार्यले आफनो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने कार्यसमिति तथा सदस्यहरु तथा शुभ चिन्तकहरुलाई धन्यबाद दिइ नयाँ कार्यसमितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनु भएको थियो । साथै बुद्ध जयन्तिको पावन अवसरमा गुरु शान्तरत्न बज्राचार्यबाट धर्मदेशना कार्यक्रम पनि सफलता पूर्वक सम्पन्न भएको जनाएकोछ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top