भक्तपुर ः मध्यपुरथिमि नगरपालिका–८ बोदमा रहेकोे धार्मिक, ऐतिहासिक एवं साँस्कृतिक महत्व बोकेको कमल पोखरी अर्थात पलेस्वाँ पुखुःसार्वजनिक नै रहेको अदालतले फैसला गरेको छ । उच्च अदालत पाटनले कमल पोखरीको मुद्दाको अन्तिम किनारा लगाउदै उक्त पोखरी सार्वजनिक नै रहेको फैसला गरेको हो ।े उच्च अदालत पाटनका न्यायाधिसद्वय राजेन्द्र खरेल र रमेश ढकालको संयुक्त इजलालसले भक्तपुर जिल्ला अदालतको फैसलालाई सदर गर्दै कमल पोखरी सार्वजनिक रहेको फैसला गरेको छ ।
पाटन उच्च अदालतको प्रत्येक पेशीदेखि फैसलाको दिनसम्म बोदेका युवा, महिला, जेष्ठ नागरिक, जनप्रतिनिधिले अदालत परिषर क्षेत्रमा पोखरी सार्वजनिक रुपमा फर्काउन माग गर्दै हात हातमा प्ले कार्ड बोकेर धर्ना दिएका थिए । अदालतको फैसला आउने बित्तिकै धर्नामा बसेका स्थानीयवासीमा खुसीयाली छाएको स्थानीयवासी एवं शिक्षासेवी बिरेन्द्र जयनाले बताउनु भयो । उहाँले भन्नुभयो, “आज जनताको जित भएको छ, यो फैसलाले सिंगो बोदेवासी र मध्यपुरवासीमा खुसी छाएको छ, सेतै कपाल फुलेका जेष्ठ नागरिकदेखि महिला, युवा, नेतासमेतले घाम पानी नभनी पोखरी फर्काउन लागिपर्नु भएको थियो । यो फैसलाले सार्वजनिक सम्पत्तिमा आँखा लगाउने भूमाफियालाई सचेत गराएको र जनताको पक्षमा फैसला आएको छ ।”
(ads1)
फैसला हुने भएपछि दिनभर पूर्व नगर प्रमुखहरु वर्तमान् नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजय श्रेष्ठ, ८ नं.का वडाध्यक्ष रमेश थापा श्रेष्ठ, कमल पोखरी संरक्षण समितिका संयोजक गणेशमान चक्रधर, अन्य जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी तथा स्थानीयवासी जनताको पक्षमा फैसला आउने आशामा अदालत परिसरमा बस्नु भएको थियो ।
उच्च अदालतको फैसलामा खुसीयाली मनाउदै साँझदेखि बोदेमा बाजागाजासहित र्याली प्रर्दशन गरिएको बोदे युवा क्लबका दीलकृष्ण प्रजापतिले जानकारी दिनु भयो । उहाँले वर्तमान् र पूर्व जनप्रतिनिधि, स्थानीयवासीहरुले धिमे बाजा बजाएर बोडे र यहाँको कमल पोखरी परिक्रमा गरि खुसीयाली मनाएको जानकारी दिनु भयो ।
(ads2)