काठमाडौं । यसै बर्षको अन्तिम २१ नोभेम्बरबाट १८ डिसेम्बरसम्म कतारमा तय भएको फिफा विश्वकपको तयारी अन्तिम चरणमा पुगेको छ । विश्वकपका लागि विश्वभरिका समर्थक व्यग्र प्रतीक्षामा रहेका छन् । कतारमा हुने विश्वकप आयोजनाको निर्णयसँगै विवाद पनि शुरु गरिएको थियो । तर पनि कतारले आफ्नो देशमा तय भएको विश्वकपको तयारीका लागि कुनै कसर बाँकी राखेको छैन गल्फ कन्ट्रीमा हुने पहिलो विश्वकपका लागि बनेका नियमहरु यस्ता छन् ।
कोरोनासम्बन्धी नियम
कतार जानुअघि सबै समर्थकले‘एटराज’ नामक ट्रयाक एन्ड ट्रेस एप डाउनलोड गर्नु पर्नेछ । साथै ४८ घन्टाअघि कोरोना नेगेटिभ पिसिआर टेस्ट देखाउनु पर्नेछ र पूर्ण भ्याक्सिनेटेड हुनु पर्नेछ ।
अल्कोहलमा लिन कडाई
कतारमा हुने विश्वकपका लागि पूर्ण रुपमा अल्कोहल प्रतिबन्ध गरिएको छैन । तर सीमित मात्रामा अल्कोहलमा पँहुच हुनेछ । इजाजत प्राप्त रेस्टुँरामा मात्र अल्कोहल किन्न सकिन्छ । अल्कोहलका लागि कानुनी रुपमा २१ वर्ष पूरा भएको हुनु पर्छ । कानुन उल्लंघन गरेमा ८१५ अमेरिकी डलर जरिवाना या ६ महिनासम्म जेल सजाय तोकिएको छ । कतारले विश्वकपसँगै आफ्नो खाना तथा कल्चरलाई पनि विश्वसामु पु¥याउने प्रयास गर्नेछ । साथै उसले दोहाको आर्किटेक्चरको अविश्वसनीय स्थानको भ्रमणलाई मुख्य गन्तव्यको रुपमा लिएको छ । कैयौं लग्जरी रिसोर्ट पनि हेर्न लायक गन्तव्यमा सूचीकृत गरेको छ ।
ड्रेस कोडको व्यवस्था
कतारले सार्वजानिक स्थलमा पूरै शरीर ढाक्ने लुगा लगाउन भनेको छ । सार्वजनिक स्थलमा पुरुषलाई पनि ‘सर्ट’ पहिरन बन्देज गरिएको छ । साथै कतारमा समलिंगी प्रवेश अवैध मानिएको छ । केही समयअघि मात्रै फिफाको अफिसियल सूचीमा सूचीकृत भएका ६९ होटलमध्ये ३ होटलले समलिङ्गी जोडीले गरेको बुकिङ खारेज गरेका थिए ।
के–के लान मिल्छ ?
कतार इस्लामिक देश भएकाले नियम निकै कडा रहेका छन् । अल्कोहल बोकेर जान पाइने छैन भने ड्रग्स, पोर्नोग्राफी, गैरइस्लामिक धार्मिक पुस्तकसमेत लान प्रतिबन्ध गरिएको छ । साथै ई–सिगरेट पनि प्रतिबन्ध गरिएको छ ।
दर्शकको लागि बस्ने ब्यवस्था
दर्शकहरूले अफिसियल कतार २०२२ पोर्टल अनुसार होटल बुक गर्न सक्नेछन् । तर यसका लागि म्याच टिकट एप्लिकेशन नम्बरको प्रुफ देखाउनु अनिवार्य गरिएको छ ।
प्रतियोगितामा विवाद
कतारले आयोजनाको जिम्मेवारीका लागि फिफालाई अर्बौं अमेरिकी डलर घुस खुवाएको आरोप छ । साथै निर्माण कार्यका दौरान ६ हजार ५०० भन्दा बढी कामदारले ज्यान गुमाएका रिपोर्टहरू सार्वजनिक भए भने हजारौं कामदारको श्रमशोषण गरेको आरोप पनि कतारमाथि पश्चिमाहरूले लगाउने गरेका छन् । मानवअधिकार हनन गरेको आरोप पनि कतारमाथि लागेको छ । यसको बावजूद बिश्वकप २०२२ कतारमा हुन गइरहेको छ ।