आपतकालिन अवस्थामा विमान चालकले लगातार ‘मेडे’ किन भन्छन् ?

0


आपतकालिन अवस्थामा विमान चालकले लगातार ‘मेडे’ किन भन्छन् ?


काठमाडौँ । मेडे वास्तवमा ‘डिस्ट्रेस’ कल हो जसले कुनै आपतकालीन अवस्थाको वणर्न गर्छ । यो कुनै घातक दुर्घटनाको आशंकामा भन्ने गरिन्छ । हुन त यो शब्द विमान वा जहाजमा विशेषगरी प्रयोग गरिन्छ तर अन्य मामिलामा पनि मेडे शब्दको प्रयोग गर्नुको अर्थ भने आपतकालीन अवस्था नै हो ।

मेडे भन्ने एक विशेष तरिका हुन्छ । यो शब्द एकैचोटी तीनपटक ठूलो स्वरमा भन्ने गरिन्छ ताकि सुन्ने व्यक्तिमा कतै गलत त सुनिरहेको छैन भन्ने भ्रम नपरोस् । त्यसपछि सम्भव भएसम्म, अन्य जानकारी दिने गरिन्छ जस्तै बचाउ दलमा के कति मानिस वा उपकरणको आवश्यकता पर्छ, लोकेशन कहाँ छ, त्यहाँको मौसम लगायत, इन्धनको अवस्था के छ र कतिजना फसेका छन् । डिस्ट्रेस कल आउँदा कन्ट्रोल रुमले सबैकुरा छोडेर त्यसैमा केन्द्रीत हुने गर्छन् ।


यसको इतिहास ?

मे डे शब्द फ्रान्सेली शब्द m’बष्मभच (mभ बष्मभच (मेरो मद्दत गर्नुहोस्) बाट आएको हो । सन् १९२० मा लण्डनमा क्रयडन विमानस्थलका एक वरिष्ठ रेडियो अधिकारी फ्रेडरिक स्टेनली म्याकफोर्डलाई एउटा यस्तो शब्दबारे सोच्न भनिएको थियो जुन आपतकालीन स्थितिमा सबै पाइलट र कर्मचारीले सहजै बुझ्न सकोस् ।

समस्या नै उत्पन्न भयो किनभने भ्वाइस रेडियो सञ्चार बिस्तारै साधारण भइरहेका थिए त्यसैले मोर्स कोड एसओएस संकट संकेत जस्तै एउटा शब्दको आवश्यकता थियो । यसका लागि ‘हेल्प’ जस्ता शब्द अंग्रेजी बोल्नेहरुका लागि फिटिक्कै राम्रो विकल्प थिएन किनभने यसलाई सामान्य कुराकानीमा प्रयोग गरिन्थ्यो ।

यतिबेला म्याकफोर्ड लण्डन र पेरिसबीचको ट्राफिक हेर्ने गर्दथे, त्यसैले उनले अंग्रेजी र फ्रान्सेली भाषा दुबैलाई ध्यानमा राखेर शब्द सुझाए ःब्थ्म्ब्थ् (ः’बष्मभच  को अंग्रेजी रुप-यसको फ्रेन्च उच्चारणमा आर साइलेन्ट हुन्छ ।)

सन् १९२७ मा वासिङ्टनको अन्तरराष्ट्रिय रेडियोटिग्राफ कन्भेन्सनले ‘मेडे’ लाई आधिकारिक रुपमा संकटको भ्वाइस सिग्नल घोषित गर्यो जसको प्रयोग जीवनको सबैभन्दा खतरनाक स्थितिका साथै सबैभन्दा गम्भीर स्तरको संकटको संवाद गर्नका लागि प्रयोग गर्न सकिन्थ्यो ।


थुप्रै अन्य शब्दहरु पनि छः

आपतकालीन स्थितिबारे जानकारी दिनका लागि अन्य शब्द पनि प्रचलित छ जस्तै प्यान-प्यान । यो पनि एउटा फ्रेन्च शब्द पेनेबाट आएको हो जसको अर्थ ‘ब्रेकडाउन’ हो । यो शब्दलाई मेकानिकल वा मेडिकल इमर्जेन्सीमा प्रयोग गर्ने गरिन्छ । यद्यपि, मेडेको तुलनामा यो शब्द कम खतरनाक छ । यदि एकैपटक दुई स्थानबाट मेडे वा प्यान-प्यानको आवाज आउँछ भने कन्ट्रोल रुमले सुरुमा मेड भन्नेलाई मद्दत गर्ने कोसिस गर्छ ।

सन् २०१८ मा अमेरिकी एयरलाइन्सको एउटा ठूलो विमान दुर्घटनाको शिकार हुनबाट बचेको थियो । विमानमा १९४ यात्री सवार थिए । विमानमा समस्या आएपछि पाइलटले मेडे शब्द प्रयोग गरेपछि उक्त विमान दुर्घटना हुनबाट जोगिएको बताइन्छ ।

यस्तै, गत वर्ष पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको ब्घद्दण एयरबस विमान लाहौरबाट कराँची जाँदै गर्दा अवतरण हुनु ठिक अघि इन्जिनमा समस्या देखिएको थियो । यतिबेला आफ्नो अन्तिम कलमा पाइलटले लगातार मेडे भनिरहेको सुनिएको विभिन्न सञ्चार माध्यमले त्यतिबेला जानकारी दिएका थिए ।-एजेन्सी

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top