काठमाडौं । गत महिना आफ्नो मंगेतरलाई ठगी मुद्दामा जेल पठाएर चर्चामा आएकी महिला सब इन्स्पेक्टरलाई पनि असम पुलिसले गत शनिबार पक्राउ गरेको छ । उनको मंगेतरलाई पक्राउ गरेको ‘आपराधिक षड्यन्त्र’ र ‘ठगी’ को अभियोगमा नै मजुली प्रहरीले प्रहरी नायव निरीक्षक जुनमोनी राभालाई पक्राउ गरेको हो ।
राभालाई पक्राउ गरेको पुष्टि गर्दै मजुलीका प्रहरी उपरीक्षक गौतम बोराले बीबीसीलाई भने, “महिला नायब निरीक्षक जुनमोनी राभालाई विभिन्न आरोपमा पक्राउ गरिएको हो । फोनमा यति धेरै आरोप बताउन सकिन्न . तर मुख्यतः उनीहरूले ठगी र ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।”