मानन्धर युवा समूहकाे रजत जयन्ती सम्पन्न

0

मानन्धर युवा समूहकाे रजत जयन्ती सम्पन्न


मध्यपुर थिमि  मानन्धर युवा समूहकाे “रजत जयन्ती समारोह” शंखधर चाेकस्थित थिमि बैंक्वेटमा सम्पन्न भएको छ ।

“आफ्नो धर्म संस्कृतिलाई सधैं माथि उकासौं” भन्ने मूल नारा दिएर स्थापना गरेको थिमि चाेडे टाेलस्थित मानन्धर युवा समूहले कार्यक्रममा लाेपाेन्मुख नौ बाजाको प्रदर्शन गरेको थियो ।

समूहको २५ अाैं वर्ष पूरा गरेकाे अवसरमा आयोजित समारोहमा बोल्नुहुँदै प्रमुख अतिथि नगर प्रमुख सुरेन्द्र श्रेष्ठले संस्कृति जगेर्ना गर्ने क्षेत्रमा मानन्धर समुदायको अग्रनी भूमिका रहेको बताए । लाेप हुनै लागेकाे माैलिक सम्पदा र संस्कृति जगेर्ना गर्ने अभियानमा स्थानिय सरकारकाे साथ र सहयोग रहने प्रतिबद्वता जाहेर गरे ।

समारोहका विशेष अतिथि मध्यपुर थिमि नगरपालिकाका उप प्रमुख विजयकृष्ण श्रेष्ठले एउटै तालमा नौ बाजाको प्रस्तुतिले धैरै खुशी अनि आनन्दित तुल्याएको बताए । साथै उहाँले नगरपालिकाले शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या समाधान गर्ने क्षेत्रमा केन्द्रीत गरेर याेजना ल्याएको बताए ।

समारोहमा मध्यपुर थिमि वडा नं ५ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठ, भक्तपुर उद्योग वाणिय संघका अध्यक्ष शिव प्रसाद मानन्धर, भक्तपुर इलेक्ट्रोनिक्स व्यवसायी संघका अध्यक्ष गंगाराम मानन्धर, भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुच्छेरत्न मानन्धर, नेपाल ज्ञानमाला समिति, भक्तपुर क्षेत्रीय उपसमितिका संयोजक पुण्यरत्न शाक्यले शुभकामना मन्तव्य व्यक्त गरे । समारोहमा जिल्ला मानन्धर युवा संघका अध्यक्ष बावुकाजी मानन्धर लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । समूहका सचिव पूर्णकुमार मानन्धरले स्वागत गरेकाे समारोह रत्नप्रसाद मानन्धरकाे सभापतित्व सम्पन्न भएको थियो । साथै समारोहको औपचारिक कार्यक्रम पश्चात सांस्कृतिक कार्यक्रममा विवेक मानन्धर नेतृत्वको झीगु नेवाः पुचःकाे सांगीतिक प्रस्तुति, किशाेरीहरूकाे नृत्य तथा गायन प्रस्तुति रहेको थियो । सांगितिक कार्यक्रममा चण्डिका घजु, रञ्जना सितिखु, बाबुकाजी मानन्धर, चनेलाल मानन्धर लगायतले गीत गाएका थिए ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top