विनायक शिक्षामा विभिन्न प्रतियोगिताहरु सम्पन्न

0

विनायक शिक्षामा विभिन्न प्रतियोगिताहरु सम्पन्न


मध्यपुर थिमि । विद्यार्थीहरूको सफल र प्रभावकारी शिक्षणमा सदा अग्रसर तथा सर्वाङ्गीण विकासमा अतिरिक्त क्रियाकलाप तथा पाठ क्रियाकलापको महत्वपूर्ण भूमिका रहन्छ भन्ने कुरालाई आत्मसात् गर्दै आइरहेको विद्यालय विनायक शिक्षा निकेतन, मध्यपुर थिमिले यहि मंसिर ९ गते विद्यालयको वार्षिक क्यालेन्डर अनुसार प्रावि तहमा हाजिरीजवाफ र मावि तहका लागि वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । 

विनायक अतिरिक्त क्रियाकलाप विभागको संयोजनमा आयोजित उक्त कार्यक्रम अन्तर्गत कक्षा १–३ का लागि हाजिरीजवाफ र कक्षा ६ देखि १० सम्मका लागि वक्तृत्वकला कार्यक्रमको आयोजना भएको थियो । वक्तृत्वकला तर्फ करीब ५० जना विद्यार्थीहरु सहभागी भएको उक्त प्रतियोगितामा विद्यार्थीहरुले “मोबाइल फोनको बढ्दो प्रयोग र त्यसले पढाईमा पारेको गम्भीर असर” बारे आफ्नो धारणा राख्दै प्रविधिको प्रयोग पढाइको स्तर उन्नतीका लागि गर्नुपर्ने र अवनतिका लागि गर्न नहुने धारणा राखेका थिए । 

कार्यक्रममा सोबारे बोल्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले विद्यार्थीको बुझाई अनुसार प्रविधिलाई सही र वास्तविक उपयोग गरी अगाडि बढ्न र आफूलाई हानी–नोक्सानी हुने गरि मुल्यवान समयलाई खेर जान नदिन सबैलाई सुझाव दिनुभयो साथै सो कार्यक्रममा सिनियर र जुनियर गरि ६ जना उत्कृष्ट विद्यार्थीहरु प्रतीक ढुङेल, तुलज प्रजापति, टिका मगर, अक्षत ठाकुर, अरिस्ता ओली र एमस तामाङलाई विद्यालयको तर्फबाट पुरस्कार वितरण समेत गरिएको थियो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top