भक्तपुरको सुवाल इन्टरनेशनल कलेजका प्रिन्सिपल सुवाल पक्राउ

0
भक्तपुरको सुवाल इन्टरनेशनल कलेजका प्रिन्सिपल सुवाल पक्राउ


काठमाडौँ — अवैध शिक्षणसंस्था संचालन गरी विद्यार्थी अभिभावकबाट शुल्क असुल्ने सुवाल इन्टरनेशनल कलेज सुर्यविनायक, धँलाते भक्तपुरका संचालक प्रकाश सुवाललाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

विद्यार्थीले प्रहरी वृत्त जगातीमा जाहेरी दिएपछि उनलाई नियन्त्रणमा लिएको भक्तपुर प्रहरीका डिएसपी राजु पाण्डेले जानकारी दिए । ‘बिहान आरोपीलाई सोधपुक्षका लागि बोलाएका थियौं, दिउँसो कलेजका दुई जना विद्यार्थीले जाहेरी दिए, त्यसपछि नियन्त्रणमा लिएका हौं,’ उनले भने, ‘अब ठगी अन्र्तगत मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढ्छ ।’ दुई छात्रछात्राले दिएको जोहरीमा उक्त कलेजका एक सय भन्दा बढि विद्यार्थीले हस्ताक्षर समेत गरेको प्रहरीले जनाएको छ ।

मंगलबार कान्तिपुरले भक्तपुरको सूर्यविनायक घतालेमा नियामक निकायको अनुमति र सम्बन्धन बिनै सुबाल इन्टरनेशनल कलेज स्थापना गरेर विद्यार्थी भर्ना गरी शुल्क असुलेको समाचार प्रकाशित गरेको थियो । समाचारबाट विद्यार्थीले अवैध रहेको थाहा पाएपछि बिहानै कलेज घेराउ गरेका थिए । अभिभावकहरु समेत कलेज पुगेपछि जगाती प्रहरीले उनलाई सोधपुक्षको लागि बोलाएको थियो । विद्यार्थीसमेत प्रहरी वृत्त पुगेर नाराबाजी गरेका थिए । कलेज संचालकले कम्पनी रजिष्ट्रार कार्यालयमा संस्था दर्ता गरेको बाहेक शैक्षिक कार्यक्रम संचालन गर्न कुनै पनि अनुमति देखाउन सकेन, एक अभिभावकले भने, ‘शिक्षणसंस्था संचालन गर्ने अनुमति बिनै विद्यार्थी भर्ना गराएर शुल्क लिएको थाहा पाएपछि प्रहरीमा जाहेरी दिइएको ती अभिभावकले जानकारी दिए ।

कलेजले नर्सिङ, फार्मेसी र एचएमा २ सय ७० जना भन्दा धेरै विद्यार्थी भर्ना गरेर शुल्क उठाएको पाइएको छ । संचालक सुबालले अमेरिकी विश्वविद्यालयबाट सम्बन्धन लिएको दाबी गर्दै नर्सिङ, फार्मेसी र एचएमा पठनपाठन थालेका थिए भने इन्जिनियरिङ, चिकित्सा शिक्षा लगायतमा भर्नाका लागि सूचना आह्रवान गरेको छ । प्रति विद्यार्थी ७५ हजारको दरले शुल्क लिएर २ करोडभन्दा बढि रकम जम्मा गरेको अनुमान गरिएको छ । उक्त कलेज संचालनमा रहेको बारे शिक्षा मन्त्रालय, त्रिभुवन विश्वविद्यालय, सीटीईभीटी लगायतले अनविज्ञता जनाएका छन् । यी मध्ये कुनै एक निकायको स्वीकृति बिना कलेज संचालन गर्ने व्यवस्था छैन । भर्ना भएका विद्यार्थीसँग ३ लाख ५० हजारको दरले पढाई शुल्क लिने संचालकको तयारी रहेको थियो । भर्ना हुनेमा अधिकांश कर्णाली र सुदुरपश्चिमका विद्यार्थी छन् । एचए, फार्मेसी, नर्सिङ पढाउन सीटीईभीटीले मात्रै सम्बन्धन दिने गरेको छ । कुनै विदेशी विश्वविद्यालयबाट सम्बन्धन पाएपनि पठनपाठनका लागि शिक्षा मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था छ । बिदेशी सम्बन्धनमा स्थापित कलेजले समकक्षताको लागि त्रिविको पाठ्यक्रम विकास केन्द्रमा सुचीकृत लिएको हुनुपर्छ । तर सुबाल कलेलले स्वीकृति पनि नलिएको शिक्षा मन्त्रालयले जनाएको छ । समकक्षताको लागि शिक्षा मन्त्रालयको सिफारिसमा केन्द्रमा सुचीकृत पनि नभएको पाइएको हो । कलेजले गत कात्तिक २० गतेबाट कक्षा संचालन गर्न सुरु गरेको थियो । ‘धन्न कलेज अवैध रहेको बेलैमा थाहा पाएर विद्यार्थी बिचल्ली हुनबाट जोगिए,’ ती अभिभावकले पढें, ‘पढाई सकिसकेपछि प्रमाणपत्र नपाउने अवस्था भएको भए, विद्यार्थीको भविष्य नै बर्बाद हुने थियो ।’

त्यस्तै अखिल क्रान्तिकारीले मंगलबार कलेजमा ताला लगाएको छ । नेत्रविक्रम चन्द्र विप्लब निकट क्रान्तिकारीले विज्ञप्ति प्रकाशित गरेर सधैका लागि बन्द गर्न ताला लगाइएको जनाएको छ । ताला लगाउन पुगेका क्रान्तिकारीका कार्यकर्ताले कलेज तोडफोड समेत गरेका थिए । क्रान्तिकारीले अनुमति बिनै विद्यार्थी भर्ना गरेर कलेज संचालकले शैक्षिक अपराध गरेकाले छानविन गरी कारवाही गर्न मागसमेत गरेको छ । विद्यार्थीबाट उठाएको रकम फिर्ता भर्न समेत माग गरिएको छ । ‘कलेजमा तालाबन्दी गरी पूर्ण रुपमा सधैंका लागि बन्द गरिदिएको छ,’ विज्ञप्तिमा भनिएको छ । कान्तिपुरबाट 


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top