मध्यपुर थिमि । विद्यार्थीहरूमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउँदै उनीहरूको सर्वाङ्गीण विकासमा जोड दिने उद्देश्य राखी स्थापित मध्यपुर थिमिको उत्कृष्ट विद्यालयको रुपमा रहेको विनायक शिक्षा निकेतनले मंसिर १६ गते जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । भक्तपुर हिसानको आयोजना र विनायक शिक्षा निकेतनको संयोजकत्वमा सम्पन्न गरिएको उक्त प्रतियोगितामा कक्षा १२ सम्म सञ्चालनमा रहेका भक्तपुर जिल्लाका ९ वटा विद्यालयका १२ जना विद्यार्थीहरु सहभागी भएका थिए ।
“शिक्षामा प्रविधिको प्रयोग आजको आवश्यकता” शीर्षक बक्तृत्वकला प्रतियोगिताको सभापतित्व हिसान भक्तपुरका अध्यक्ष अनिल कस्पालले गरेको थियो । विनायक शिक्षा निकेतनका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिको संयोजकत्वमा, भक्तपुर क्षेत्र नम्बर २ ख का प्रदेशसभा सदस्य माननीय डाक्टर राजेन्द्रमान श्रेष्ठको प्रमुख आथित्यमा तथा मध्यपुर थिमि नगरपालिका वडा नम्बर ५ र ६ का वडाध्यक्ष बालकृष्ण श्रष्ठ र ज्ञानदास प्रजापति, विनायक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशराम लाछि, हिसान नेपालका केन्द्रीय सदस्य वीरेन्द्र जयनाको आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । विद्यालयका ान.वि. संयोजक तुल्सिहरि प्रजापतिले संचालन गरेको उक्त कार्यक्रमको प्रमुख निर्णायक शिक्षाविद् डिल्लीराम गौतम र निर्णायक सदस्य ईश्वरलाल श्रेष्ठ रहेको थियो । विद्यालयका प्रिन्सिपल प्रजापतिले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यबारे चर्चा गर्दै विद्यार्थीहरुलाई हरेक कुराको अवसर प्रदान गर्दै उनीहरूको ब्यक्तित्व विकास आजको आवश्यकता रहेकोले हिसान भक्तपुरको आयोजनामा यो कार्यक्रम आयोजना गरिएको बारेमा प्रकाश पारे ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि तथा अतिथीहरुले हिसान भक्तपुर र विनायकको कार्यप्रति प्रशंसा गरेको थियो । सो कार्यक्रममा मोडर्न स्कूलकी छात्रा प्रथम काठमाडौं वल्र्डकी छात्रा दोस्रो र मोडर्न कै छात्र तेस्रो हुन सफल भएका थिए ।...




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
