सहकारी सुशासनमा हेडक्वाटर मै समस्या

0

सहकारी सुशासनमा हेडक्वाटर मै समस्या


बुद्धकुमार श्रेष्ठ (काभ्रे)

सहकारी उच्चतम सञ्जाल राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कुन लगायत केन्द्रीय र जिल्ला स्तरीय संघका साधारण सभा आब्हान गरिएका छन र धमाधम सम्पन्न पनि भइरहेका छन । राष्ट्रिय सहकारी महासंघको सञ्चालकमा तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाण रहेकाछन भने नेफ्स्कुनको सञ्चालकमा भेरी गंगा नगरपालिकाका मेयर यज्ञ ढकाल बहाल छन । यी त उदाहरणीय प्रतिनिधि पात्र मात्र हुन । देशभरी यस्ता बेथिति  अनगिन्ती  छन् । तर सहकारी नियमाबली २०७५को (८१) मा कुनै पनि जनप्रतिनिधि र लाभको पदमा रहेका राष्ट्रसेबक कर्मचारी सहकारीको सञ्चालक रहन नसक्ने ब्यबस्था गरेको छ भने सहकारी बिभागले ऐनबाट आफूलाई दिएको अधिकार प्रयोग गर्दै रजिष्ट्रारले २०७९ जेष्ठ १२ गते सुशासनका लागि एक निर्देशन जारी गर्दै जनप्रतिनिधि र कुनै पनि तहका राष्ट्रसेबक कर्मचारीलाई तुरुन्त हट्न, उप निर्बाचन गर्न र कामकाज नगर्न निर्देशन जारी भएको छ ।

प्रत्येक प्रदेश सहकारी ऐन र पालिका सहकारी ऐनमा पनि माथि उल्लेख भएअनुरुप ब्यबस्था गरिएको छ । तर राष्ट्रिय स्तरका नेतृत्वदायी संघ महासंघले नै यसलाई अबज्ञा गरिरहेको छ ।  यसैलाई नजीर जस्तो बनाएर जिल्ला स्तरीय संघ र प्रारम्भिक संस्थाहरुले पनि कानुनको अवहेलना गरिरहेका छन् । नगरपालिका आफैंमा सहकारी नियमनकर्ता तह हो । मेयर वडा अध्यक्षहरु कानुन पालना गर्ने गराउने जिम्मेवार पदाधिकारी स्वयम् कानुनको खिल्ली उडाएर बर्जित पद ओगटेर बसिरहेछन् भने सुशासनको उपदेश दिदै घण्टौ भाषण गरेर नथा्क्ने महासंघका अध्यक्ष मिनराज कडेल, नेफ्स्कुनका अध्यक्ष परितोष पौडेल कानुनको उलङ्घन गर्दै लाचारी साथ साधारण सभाको आव्हान  गरिरहेका छन् । उनीहरु नै बेसी नै सुशासनको दुहाई दिन्छन् ।

उक्त बिषयमा सहकारी बिज्ञ भनिएका महासंघका सल्लाहकार सहकारी उपदेशकर्ता केशब बडालको पनि मुख बन्द नै छ । राष्ट्रियस्तरका यी नेताहरु बारम्बार अन्तराष्ट्रिय स्तरका गोष्ठी सभा र मिटिङमा आावतजावत गरिरहन्छ । हालै अष्ट्रेलियाबाट फर्किएका मिनराज कडेल नेपालमा पनि अन्तराष्ट्रिय स्तरको बैठक आायोजना गर्दैछन्  । यो एजेण्डालाई किन ओझेल पार्दैछन् ? उनको ब्यक्तित्वलाई नसुहाउने कुरा भयो भनी चर्चा  भइरहेको छ । सहकारी अभियन्ताहरुले सोधिरहेका छन् ।  

काभ्रेपलाञ्चोक जिल्लामा पनि जिल्ला सहकारी संघका सचिब मण्डन देउपुर नगरपालिका वडा न ८ का वडा अध्यक्ष र लेखा संयोजक कुनै सामुदायिक स्कुलको प्रअ छन् । बिगतमा संघका सञ्चालक सुदर्शन अधिकारीको संयोजकत्वमा गठन गरेको अध्ययन जाँचबुझ समितिले पनि सो जानकारी दिएको थियो । जाँचबुझ समितिले लाभको पदमा रहेका राष्ट्रसेबकहरुको पद खाली गरि उपचुनाब गर्न सुझाब दिएको सञ्चालक समितिले लागू गर्ने निर्णय गरेको थियो । तर संघको २०७९ मंसीर १७ गतेको बैठकले उपचुनाबको एजेण्डा नै  नराखी पुस २३ को लागि साधारण सभा को मिति तोकियो । संचालक सदस्य  दीपक थापाले यसमा आपत्ती जनाउदै फरक मत राखे र मंसीर २० गते सो सम्बन्धमा सुचनाहरु माग गर्दा सुचना उपलब्ध नगराएको जानकारी तपाईं हाम्रो साप्ताहिकलाई दिएको छ ।

हाल जिल्ला सहकारी संघका सचिब निरञ्जन बिष्टले हस्ताक्षर गरि साधारण सभा बोलाइएकोमा बिज्ञहरुको भनाई अनुसार निर्देशनमा निर्बाचित जनप्रतिनिधिलाई र कामकाज नगर्ने भनिएकोले सो साधारण सभा अबैध हुने चर्चा छ । यसै बिच  पनौती स्थित कलाती भुमिडाडा कृषि सहकारीमा पनि यस बिषयले  उग्र रुप लिएको  छ । संचालक र लेखा समितिमा सरकारी शिक्षक र जनप्रतिनिधि रहेपछि केही संचालकहरुले राजीनामा दिएका छन भने पनौती नगरपालिका सहकारी शाखामा उजुरी समेत परेको छ । यसै बिषयमा थप पनौती नगरपालिका मै अरु सहकारीमा पनि राष्ट्रसेबक लाभको पदमा रहेका विभिन्न ब्यक्तिहरुको नाम उल्लेख गरि श्यामहरी महाजुको उजुरी परेपछि २०७९ ÷०८÷२९ गते नगर भित्रका सहकारीहरुलाई ७ दिन भित्र सञ्चालकहरुको बिबरण बुझाउन निर्देशन जारी भएको छ । 

सहकारी बिभागका रजिष्ट्रारले निर्देशन जारी गर्ने कार्यान्वयन नगर्न हो भने राज्य कमजोर र निरीह भएको प्रमाणित हुन जाने भएकोले बास्तबिक सहकारीकर्मीहरुले ब्यवहारमा कारबाहीको माग गरिरहेका छन् । सहकारीका केन्द्रबिन्दुमा रहेका निकाय र पदाधिकारीहरु मै सुशासन , दृढ ईच्छा शक्ति र ईमान्दारिताको तत्व रहेन भने स्वनामधारी सहकारीहरुबाट दिन  दिनै जनताको पैसा लुटिरहेने छन् । त्यसैले आआफ्नो जिम्मेवारी र जवाफदेहितालाई दरो र खरोमा उतार्न वास्तविक सहकारीकर्मीहरु गोलबन्द हुँदै  उठ्न लागेको खबर हामीलाई प्राप्त भएको छ । त्यसै गरि नेपाल बचत तथा ऋण केन्द्रिय संघ लिं र सहकारी बिभाग नयाँ बानेश्वर काठमाण्डौमा उजुरी परिसकेको छ ।

तसर्थ यसै विषयमा केन्द्रीत रहेर काभ्रे जिल्लाको पनौती नगरपालिका वरिष्ठ प्रसासकीय अधिकृत तथा सहकारी रजिस्ट्रार इन्द्र प्रसाद अधिकारीलाई तपाईं हाम्रो साप्ताहिकले आधिकारिक पत्रद्वारा नगरपालिकाले जारी गरेको पत्रको समयसिमा समाप्त भएपछि  गत पौष ७ गते बिहिवार दर्ता न ३३२१ मा सूचना माग गरेका छौ ।यसै बिषयमा उक्त कार्यालयका सहकारी रजिस्ट्रार अधिकारीका अनुसार ३०÷४० वटा सहकारीको बिवरण प्राप्त भएको र बाकी रहेका  बिवरण प्राप्त भए पछि सूचना दिने जानकारी दिएका छन् ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top