काठमाडौं । नेपालको औषधि नियामक निकायले १६ वटा भारतीय औषधि कम्पनीलाई कालोसूचीमा राखेको छ । जसमा बाबा रामदेवको कम्पनी दिव्या फार्मेसी पनि समावेश छ । समाचार एजेन्सी पीटीआईका अनुसार यी कम्पनीहरूले विश्व स्वास्थ्य संगठनको उत्पादन मापदण्ड पालना गर्न असफल भएको बताइएको छ । औषधि व्यवस्था विभागले यी औषधि आपूर्ति गर्ने नेपालका स्थानीय एजेन्टलाई तत्काल फिर्ता लिन सूचना पनि जारी गरेको छ । ती औषधि नेपालमा पैठारी गरी वितरण गर्न नपाइने सूचनामा उल्लेख छ । वैशाख र साउनमा विभागले औषधि कम्पनीका कारखानामा औषधि निरीक्षकको टोली पठाएको थियो ।
दिव्या फार्मेसी बाहेक, सूचीमा रेडियन्ट पेरेन्टेरल्स लिमिटेड, मर्करी ल्याबोरेटरीज लिमिटेड, एलायन्स बायोटेक, क्याप्टाब बायोटेक, एग्लोमेड लिमिटेड, जी ल्याबोरेटरीज, ड्याफोडिल्स फार्मास्युटिकल्स, जीएलएस फार्मा, युनिजुल्स लाइफ साइन्स, कन्सेप्ट फार्मास्युटिकल्स, श्री आनन्द लाइफ साइन्सेस, आईपीसीए प्रयोगशाला, क्याडिला हेल्थकेयर, डायल फार्मास्यूटिकल्स र म्याकुर प्रयोगशालाहरू सामेल छन् ।
त्यस्तै, विभागले डिसेम्बर १९ मा जारी गरेको अर्को सूचनामा भारतको ग्लोबल हेल्थकेयरले उत्पादन गरेको ५०० एमएल र ५ लिटरको ह्यान्ड सेनिटाइजर फिर्ता लिन वितरकहरूलाई आग्रह गरेको छ। विभागले हात स्यानिटाइजरको प्रयोग, बिक्री वा वितरण नगर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
