मध्यपुर थिमि । मध्यपुर थिमिको मध्यभागमा रहेको भुलाँखेल स्थित भुलाँखेल बचत तथा ऋण सहकारी संस्था लि.को ११ औं साधारण सभा सम्पन्न भएको छ । न्यू एभरेष्ट पार्टी प्यालेस बाहाखामा सम्पन्न भएको कार्यक्रमको मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरेको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष ओमप्रकाश श्रेष्ठले गरेको थियो । कार्यक्रम उद्धाटन गर्दै प्रमुख श्रेष्ठले स्वास्थ्य, शिक्षा तथा आर्थिक क्षेत्र प्राथमिकतामा रहेको र स्वास्थ्य क्षेत्रको विकासको लागि सर्बशुलम स्वास्थ्य सेवा, सबैको पहुँचमा स्वास्थ्य भन्ने नारालाई सार्थक बनाउन ६० बर्ष नाघेका र ७० बर्ष मुनीका जेष्ठ नागरिक र तिनका आश्रित ५ जना सम्मको परिवारलाई नगरपालिकाको स्रोतबाटै स्वास्थ्य बिमा गरिदिने कार्यक्रम लागू गरिसकेको बताए । साथै सहकारी क्षेत्रमा हाल देखिएको विकृति रोक्न नगरपालिकाले ऐन जारी गरिसकेको र नियमावली जारी गर्ने कार्य छिटै हुने जानकारी समेत दिए ।
कार्यक्रममा संस्थाको तर्फबाट अध्यक्ष श्रेष्ठबाट संस्थाको बार्षिक प्रतिवेदन पेश गरेको थियो । आज भन्दा १० बर्ष अगाडि भुलाँखेल क्षेत्रका युवाहरुको सक्रियतामा स्थापित संस्थामा १४०८ जना सदस्यबाट २ करोड ६३ लाख ८९ हजार १ सय पूँजी रहेको जानकारी गराए । त्यस्तै आर्थिक प्रतिवेदन पेश गर्दै संस्थाका कोषाध्यक्ष रत्नमान शंखदेवलेले संस्थाले यस अवधिमा खुद नाफा २९ लाख १२ हजार १६५ गर्न सफल भएको बताए । यो गत बर्षको भन्दा ११६.३८ प्रतिशतले बढी रहेको छ । त्यस्तै लेखा सुपरिवेक्षण समितिको तर्फबाट संयोजक विरकृष्ण श्रेष्ठले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गरेको थियो । साथै ऋण उपसमितिको तर्फबाट संयोजक रामचन्द्र श्रेष्ठले प्रतिवेदन प्रस्तुत गरको थियो ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठ, जिल्ला बचत संघका कोषाध्यक्ष कान्छाभक्त घजु, मित्र सहकारी संस्थाको तर्फबाट बंगलामुखी साकोसका सचिव मोहनकृष्ण श्रेष्ठले सहकारीको बिषयमा चर्चा गर्दै संस्थाको ११ औं साधारण सभाको सफलताको शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम संस्थाका उपाध्यक्ष अनिल श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रमकोृ संचालन सचिव कृष्णचन्द्र श्रेष्ठले गरेको थियो ।





%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
