५०० माग्दा अपरिचित मानिसहरूले दिए ८० लाख रूपैयाँ !

0
५०० माग्दा अपरिचित मानिसहरूले  दिए ८० लाख रूपैयाँ !


काठमाडौं । केरलामा आर्थिक संकटबाट गुज्रिरहेकी एक महिलाले अपरिचित व्यक्तिहरूबाट सामाजिक सञ्जालको क्राउडफन्डिङमार्फत ५० लाख भारतीय रूपैयाँ (८० लाख नेपाली रूपैयाँ) भन्दा बढीको सहयोग पाएकी छिन् ।

उनी आफ्ना छोराछोरीकी शिक्षिकाकहाँ ५ सय रुपैयाँ ऋण माग्न गएकी थिइन् । पछि सोही शिक्षिकाले महिलालाई सहयोग गर्न क्राउडफन्डिङ अभियान सुरु गरिन् । बीबीसीको रिपोर्ट अनुसार ४६ वर्षीया सुभद्रा आफ्नो पतिको मृत्युपछि जीवन धान्न संघर्ष गरिरहेकी थिइन् । बालबालिकालाई खुवाउने पैसा पनि थिएन । यस्तो अवस्थामा उनले आफ्ना छोराछोरीको महिला शिक्षिकासँग ५ सय रुपैयाँ ऋण मागिन् ।

सुभद्राको अवस्था देखेर शिक्षिका भावुक भइन् र सामाजिक सञ्जालमा उनलाई थप रकम जुटाएर सहयोग गर्न क्राउडफन्डिङ अभियान सुरु गरिन् । सुभद्राले क्राउड फण्डिङबाट ५४ लाख ३० हजार रुपैयाँ प्राप्त गरेको बताइएको छ ।

तीन छोरामध्ये कान्छोलाई ‘सेरेब्रल पाल्सी’को समस्या भएकाले सुभद्राले काम गर्न सकिनन् । यस्तो अवस्थामा बच्चाको निरन्तर हेरचाह आवश्यक हुन्छ । सुभद्राले आफ्ना छोराछोरीलाई खानेकुरा नभएको भन्दै स्थानीय विद्यालयकी शिक्षिका गिरिजा हरिकुमारसँग सहयोग मागिन् । सुभद्राको कुरा सुनेर गिरिजाले एक हजार रुपैया दिइन् । यसपछि शिक्षिका गिरिजा सुभद्राको घरमा गइन् र उनले साँच्चै गरिब जीवन बिताइरहेको थाहा पाइन् ।

गिरिजा भन्छिन्– भान्साकोठामा एक मुट्ठी अनाज थियो र बच्चाहरूलाई खान केही थिएन । परिवारका लागि अपुग हुने भएकाले सुभद्रालाई थोरै रकम दिनुको कुनै अर्थ छैन भन्ने लाग्यो । त्यसैले क्राउडफन्डिङ अभियान सुरु गरेको थिएँ, ताकि ठूलो रकम जम्मा गर्न सकियोस् ।

सुभद्राको परिवारको अवस्थाबारे गिरिजा हरिकुमारले फेसबुकमा पोस्ट लेखेकी छिन् । यो पोस्टमा उनले सुभद्रालाई सहयोग गर्न जनतालाई अपिल गरेकी छिन् । सुभद्राको बैंक खाताको विवरण पनि पोष्टमा दिइएको थियो । यो पोस्ट केही समयमै भाइरल भयो र सुभद्राको खातामा ५० लाखभन्दा बढी आयो । अपरिचितहरूले उनको खातामा ठूलो दान दिए ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top