कोभिड–१९ को महामारी विश्वमा फैलिएदेखि नै यसको उत्पत्तिलाई लिएर अन्वेषकहरू अलमलमा परेका थिए । वैज्ञानिकहरूले चीनको सीफुड बजारमा कोभिड–१९ को बारेमा डरलाग्दो प्रमाण फेला पारेको दावी गरेका छन् । वुहानको सी फुड बजारमा अवैध रूपमा बेच्न राखिएका (Racoon Dogs) ¥याकुन कुकुरमा कोरोना भाइरसको संक्रमण देखिएको दावी गरेका छन् । वैज्ञानिकहरूको टोलीले २०२० मा हुआनान सी फुड थोक बजार र वरपरका क्षेत्रहरूबाट आनुवंशिक डेटा स्वाबहरू सङ्कलन गरेको थियो । अन्वेषकहरूले जनावरहरू ढुवानी गर्न प्रयोग गरिने भुइँ, पर्खाल, गाडा र पिंजराहरूबाट ति स्वाबहरू सङ्कलन गरेका थिए । यसको परीक्षणले त्यहाँका (Racoon Dogs) ¥याकुन कुकुरलाई कोरोना भाइरसको संक्रमण भएको खुलेको हो ।
भाइरसबाट सङ्क्रमित फेला परेको नमूनाको विश्लेषणले बजारमा पाइने (Racoon Dogs) ¥याकुन कुकुरहरू पनि भाइरसबाट सङ्क्रमित भएको खुलेको हो । वैज्ञानिकहरूले भनेका छन् कि त्यस्ता प्रमाणहरूले यो जनावरबाट मात्र कोरोना भाइरस फैलिएको संकेत गर्दछ ।
विश्लेषणको नेतृत्व तीन प्रमुख अनुसन्धानकर्ताहरू, क्रिश्चियन एन्डरसन, माइकल भर्बे र एडवर्ड होम्सले गरेका थिए । अहिलेको अध्ययनमा यो भाइरस कुनै जनावरबाट सरेको हो भन्ने स्पष्ट नभएको, यो जनावरलाई संक्रमित व्यक्तिले बजारमा ल्याएको हुनसक्ने बताइएको छ । –एजेन्सीको सहयोगमा




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
