भक्तपुर । आफ्नै नाबालिग बहिनीमाथि यौन हिंसा गरेको आरोपमा दिदी पक्राउ परेकी छन् । बहिनीसँग यौनजन्य क्रियाकलाप गरेर त्यसको भिडियोसमेत बनाएरआफ्नो पुरुष साथीलाई पठाएको आरोपमा दिदीलाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसरका सूचना अधिकारी कुमारप्रसाद मैनालीले जानकारी दिएका छन् ।
उनका अनुसार बहिनीसँंग यौनजन्य गतिविधि गरेर त्यसको भिडियो बनाएर आफ्नो पुरुष साथीलाई मेलमार्फत पठाएको खुल्न आएको छ । पक्राउ परेकी महिलामाथि थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।
यसअघि गत जेठ ६ गते इन्टरपोल क्राइम एगेष्ट चाइल्ड युनिटबाट बालिकालाई यौन दुरुपयोग गरेको सम्बन्धी सूचना नेपाल प्रहरीको इन्टरपोल शाखामा प्राप्त भएको थियो । प्रहरी प्रधान कार्यालय साइवर व्युरोबाट प्रारम्भिक अनुसन्धान भई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी परिसरमा गत २० पुसमा प्राप्त भई अनुसन्धान थालेको परिसरले जनाएको छ ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
