मध्यपुर थिमि । नेवार समुदायको बर्षको अन्तिम चाडको रुपमा चिनिने सिथिनखको अवसर पारेर मध्यपुर थिमि नगरपालिकाको आयोजनामा र मध्यपुर थिमि पर्यटन विकास समितिको संयोजनमो विशिष्टकृत खाना वः (मास, मुगी तथा अन्य विभिन्न गेडागुडी भिजाइ सफा गरी पिसेर आफुलाइ मनपर्दो अण्डा, मासु तथा मरमसला मिलाइ टावामा तोरीको तेलका साथ पकाइने बारा) फेष्टिबल हुने भएको छ ।
यसका साथै फेष्टिवलमा नेवा समुदायको अन्य विभिन्न परिकार र खानाको स्वाद पस्कने र सो खानाको बारेमा आन्तरिक र वाह्य पर्यटकलाई विशेष जानकारी गराई मध्यपुर थिमिलाई पर्यटकीय गन्तव्यको रुपमा विकास र प्रवर्द्धन गरी स्थानीय समुदायका आय आर्जनमासमेत टेवा पुग्ने किसिमले वः फेस्टिभल गर्न लागेको जनाएको छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा मध्यपुर थिमि नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले फेस्टिभलले मध्यपुरका जनतालाइ आय आर्जन गराउने र समृद्ध मध्यपुर बनाउने अभियानलाई सार्थक बनाउने विश्वास व्यक्त गरे । मध्यपुरमा अनवरत रुपमा रहेका विभिन्न पर्यटकीय आकर्षण कला संस्कृति र सम्पदा, कलात्मक मठ मन्दिर, पाटी पौवा, सत्तल, बिहार र कैयौ उत्कृष्ट तथा साम्प्रदायिक सहिष्णुताको बस्ती र स्मारक क्षेत्र देश विदेशको कुनाकाप्चा प्रचार प्रसार गरेर प्याकेज निर्माण गरी मध्यपुर थिमिमा भएको माटोको भाँडो बनाउने सेरामिक्स र अनेकौं हस्तकलालाई संरक्षण गरी पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित फेष्टिबल गर्न लागेको जनाए ।
मध्यपुर पर्यटन विकास समितिका संयोजक रमेश प्रजापतिले आन्तरिक पर्यटकहरुलाई देखाउनको निमित्त फेष्टिबल गर्न गइरहेको बताए । मध्यपुर थिमि न.पा.को पाँच लाख र बाकी दुईलाख स्वतःस्फुर्त रुपमा सहयोग गर्न चाहने व्यापारिक संघसंस्थाको सहयोगमा गरी जम्मा सात लाखको सिमामा रही वः फेस्टिभल गर्न गइरहेको उनले जनाए । कार्यक्रम जेठ ६ गते शनिवारको दिन बिहानको १० बजेदेखि बेलुकाको ७ बजेसम्म हुने र १५ वटा काठमाडौ उपत्यकाका ख्याति प्राप्त नेवारी रेस्टुरेन्टहरुलगायत यहाँका स्थानीय आमा समूह तथा महिला समुह लगायत विभिन्न परिकारका नेवारी खाना पस्किने उनले जनाए ।
समितिका सचिव शिवसुन्दर श्रेष्ठले १५ वटा खानाको स्थलका साथ १० वटा स्थानीयले उत्पादन गरेका परम्परगत तथा सांस्कृतिक उत्पादन तथा हस्तकलाका सामान विक्रीवितरण गर्ने स्थल रहने जनाए । यसका अलावा दिन भरीे नेवाः संस्कृति झल्कने कार्यक्रमकासाथ गीत संगीतले मनोरञ्जन गराउने व्यवस्था रहेको जनाए ।
लिच्छवी तथा मल्लकालिन समयदेखि नेवा समुदायको विभिन्न चाडवाड र जनजीवनमा प्रयोग गरिने वः को ऐतिहासिक, सामाजिक र स्वास्थ्यको लागि के कति महत्व छ यसको बारेमा सम्पुर्ण जानकारी प्राप्त गराउने कार्यक्रम रहेकोसमेत जनाएको छ ।
त्यसका लागि विज्ञहरुबाट कार्यपत्र समेत प्रस्तुत गर्ने व्यवस्था गरेको जनाइयो । मध्यपुर थिमिमा पर्यटन विकास गर्न यो फेस्टिभलले ठूलो सहयोग गने विश्वास आयोजकको छ ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
