भक्तपुर । मध्यपुर थिमि नगरपालिकाको आयोजना तथा पर्यटन विकास समितिको संयोजनमा ठिमीको स्थानीय चाडपर्व, कला संस्कृति र खानालाई प्रचार प्रवर्द्धन गरि पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले ठिमीको दुईपोखरीमा आयोजित वः फेस्टिबलमा बिनायक शिक्षा निकेतन इङ्लिस स्कुल अन््तर्गत स्कूल इन्दरप्राइजेज अवार्डमा सहभागी विद्यार्थीहरुको समूहले दही मही र फलफूलको बिक्री स्थल राखेर उक्त कार्यक्रममा सहभागी जनाएको थियो । उक्त वः फेस्टिबलमा सहभागिता गराउनुको प्रमुख उद्देश्य विद्यार्थी भाई बहिनीहरुलाई सानैदेखि उद्यमशिलता र व्यावहारिक ज्ञान हासिल गराउनुका साथै स्वावलम्बी हुन सिकाउने लक्ष्य रहेको बिनायक शिक्षा निकेतन ठिमीका कार्यक्रम सयोजक सन्ध्या झाले जानकारी दिए ।
उक्त कार्यक्रममा नेवारी परिकार बारा लगायत विभिन्न खाद्य पदार्थहरूको बिक्रीबाट रू ३००००।– भन्दा बढी व्यापार भएको शिक्षिका सरु श्रेष्ठले जानकारी गराएको छ । यसप्रकारको क्रियाकलापबाट विद्यार्थीहरुले व्यवहारिक ज्ञानहरु आर्जन गर्न सक्ने बताउँदै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले आयोजक सस्थालाई धन्यवाद ज्ञापन गर्दै विद्यालयले प्रगतिशील शिक्षालाई आत्मसात गर्दै विद्यार्थीहरुलाई विद्यालय भित्र मात्र नभई विद्यालय बाहिर पनि व्यावहारिक ज्ञान सिकाउन र सिक्ने बताए ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
