मायालु ङ्यासुर र सन्तवीर मोक्तानलाई तामाङ मिडिया अवार्ड २०८०

0
मायालु ङ्यासुर र सन्तवीर मोक्तानलाई तामाङ मिडिया अवार्ड २०८०


काठमाडौं । २९औ तामाङ प्रसारण दिवसको अवसरमा तामाङ पत्रकार संघले तामाङ सञ्चारकर्मी इन्डिजिनस टेलिभिजनका मायालु ङ्यासुर र धनकुटाका ब्लाष्ट राष्ट्रिय दैनिकका सन्तबिर मोक्तान लाई तामाङ मिडिया अवार्ड २०८० प्रदान गरिएको छ । बाग्मती प्रदेश सरकारका खानेपानी, सिंचाइ तथा उर्जा मन्त्री माननीय तिर्थ बहादुर लामाले अवार्ड प्रदान गर्दै बाग्मती सरकारले तामाङ र नेपाल भाषालाई सरकारी कामकाजी भाषाको रूपमा प्रयोगमा ल्याउन मन्त्री परिषदमा बिधेयक पेश भइसकेकोले सरकारी कामकाजी भाषाको मान्यता पाउनुका साथै राज्यले सबै भाषा, संस्कृति, इतिहास र परम्परालाई स्विकारगरी समान अवसर दिए मात्र राज्य बलियो हुने र सबै जातजातिले समान अवसर पाउने बताएका थिए । 

यसैगरी तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोलेले भगवती पाण्डेको अभिव्यक्तीले तामाङ र मगर समुदायमा ठूलो चोट पुगेकोले सरकारले कार्बाही नगरे यसको जिम्मेवार सरकारले नै लिनुपर्ने र समस्याको समाधान सरकारले दिन नसके सरकारले ठुलो चुनौतीको सामना गर्नुपर्ने बताए । अवार्ड वितरण समारोहमा संघले प्रकाशन गरेको “ह्ययङ्ला काई” (हाम्रो आवाज) को बिमोचन र गायक सुनिल लामाले वरिष्ठ गायक चन्द्र कुमार मोक्तानको साङला जिर्मा बोलको गीत रिमिक्स गरि रिमेक गरिएको भिडियो पनि मन्त्री लामाले सार्वजनिक गरिएको थियो । 

मायालु ङ्यासुर र सन्तवीर मोक्तानलाई तामाङ मिडिया अवार्ड २०८०

तामाङ पत्रकार संघका अध्यक्ष सुवास योन्जनको सभापतित्वमा सन्पन्न उक्त कार्यक्रममा नेपाल सरकारका उप सचिव रुद्रसिंह तामाङ, डा. मुक्तसिंह लामा थोकर, पत्रकार संघका सस्थापक अध्यक्ष रबिन्द्र ग्याबक तामाङ, फोनिकका उपाध्यक्ष लक्की चौधरी, भाषा आयोगका सदस्य तथा भाषाविद अमृत योन्जन, तामाङ डाजाङका अध्यक्ष फुलकुमार बोम्जन,  पत्रकार महासंघका सदस्य सन्चु ब्लोन, अवार्ड छनौट समितिका संयोजक प्रतिक ङ्यासुर, पहिलो तामाङ समाचार वाचिका रमिता बल, सन्तबिर मोक्तानले शुभकामना मन्तव्य राखेका थिए । संघले रेडियो नेपालमा तामाङ समाचार प्रशारण भएको भाद्र एक गतेलाई २०५१ सालदेखि तामाङ प्रशारण दिवसको रुपमा मनाउदै आएको संघका महासचिव तिर्थमान बल तामाङले जानकारी दिएका थिए ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top