ललितपुर । ललितपुर महानगरपालिका १६ नं. वडा कलाकार समितिले इन्द्रजात्राको अवसर पारेर ‘लिटिल स्टार नेपालभाषा गीत प्रतियोगिता आयोजना गर्ने भएको छ । पाटन मंगलबजार स्थित दरवार परिसरमा रहेको भण्डारखाल बगैचामा असोज ११ गते विहिवार प्रतियोगिताको आयोजना हुने पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।
उक्त प्रतियोगितामा प्रथम हुने प्रतियोगी समूहलाई रू. १ लाख नगदसहित ट्रफी, प्रमाणपत्र प्रदान गरिनेछ भने द्वितीय हुनेलाई ७५ हजार नगदसहित ट्रफी, प्रमाणपत्र, तृतीय हुनेलाई ५० हजार नगदसहित ट्रफी, प्रमाणपत्र र सान्त्वनालाई २५ हजार नगदसहित ट्रफि, प्रमाणपत्र प्रदान गरिने जानकारी गराएको छ । सर्वोत्कृष्ट गायक, संगीतकार तथा रचनाकारलाई पनि जनही २५ हजार नगदसहित ट्रफि, प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा वरिष्ठ कलाकार ब्यक्तित्वलाई ‘ललितरत्न’ उपाधिसहित सम्मान गरिने पनि आयोजकले जनाएको छ । प्रतियोगीहरुले आफ्नो गीतको रकर्ड फारामसहित दर्ता गराउनु पर्ने, उक्त रेकर्डमार्फत छनौट भएकाहरु अडिशन राउण्डमा प्रस्तुत गर्नेछन् भने अडिशन राउण्डबाट छनौट भएकाहरु लिटिल स्टार गीत प्रतियोगितामा सहभागी हुन पाउने जानकारी गराइएको छ ।
यस प्रतियोगितामा सहभागी हुन कम्तीमा ४ जना वाद्यवादक संगीतकारहरुको साथमा गीत प्रस्तुत गर्नुपर्ने नियम पनि राखिएको छ । प्रतियोगितामा सहभागी हुन भदौं ९ गते देखिनै फाराम बुझाउन सकिने पनि आयोजकले जनाएको छ ।
लिटिल स्टार रेकर्डस् प्रमुख प्रायोजक रहेको सो प्रतियोगिताको सहयोगीमा पाटन म्यूजियम रहेको छ । नेवाः भोजसहितको यो प्रतियोगिताको जानकारी कलाकार समितिको फेसबुक पेजबाट लिन सकिने पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
