काठमाडौं । बिश्व तथा नेपाल बढ्दो बातावरण प्रदुषण रोक्न आउँदो वैशाखदेखि सूर्जीजन्य वस्तुहरु प्लाष्टिकको खोलमा प्याकिङ गर्न नपाइने नयाँ नियम लागू हुने भएको छ ।
२०८१ वैशाख १ गतेबाट लागू हुने गरी सूर्तीजन्य वस्तु जस्तैः सूर्ती खैनी, गुट्खा, पान मसला, स्वीट सुपारी पानपराग आदि जस्ता वस्तुहरु अन्तःशुल्क नियमावली २४औं संशोधनमार्फत प्लाष्टिकको खोलमा प्याकिङ गर्न नपाइने नियम ल्याएको हो ।
सो अवधिसम्म यस्तो वस्तु उत्पादन गर्ने प्रतिष्ठानहरुले प्लास्टिक विस्थापित गरिसक्नुपर्ने भएको छ । नियमावलीमा संशोधन गर्दै भनिएको छ, ‘सुर्ती, खैनी, गुट्खा, पान मसला, स्वीट सुपारी वा यस्तै प्रकारका अन्य वस्तु उत्पादन गर्ने प्रतिष्ठानल १ वैशाख २०८१ देखि प्लास्टिक बाहेकका जैविक रुपमा सडेर जाने (बायोडिग्रेडेबल) सामग्रीमा मात्र प्याकिङ गर्नुपर्नेछ ।’
सरकारले यो नियम विक्रेतालाई मात्र नभई आयातकर्ताले समेत नेपाल भित्र प्लास्टिकका खोलमा यस्ता वस्तु बिक्री गर्न नपाउने भएका छन् । उनीहरुको हकमा पैठारी गर्न इजाजत पाएका प्रतिष्ठानले त्यस्ता वस्तुको प्याकिङ सड्ने वस्तुमै गर्नुपर्ने गरी नियम ल्याइएको छ ।
अहिले खासगरी भारतबाट अन्धाधुन्ध रुपमा यस प्रकारका वस्तु आयात भइरहेका छन् ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
