भक्तपुर – शंखधर वचत तथा ऋण सहकारी संस्था लि.को १६ औं साधारण सभाबाट संस्थाका निर्वमान उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । शंखधरचोक स्थित शंखधर पार्टी प्यालेसमा गत शनीवार सम्पन्न भएको साधारण सभाकोे बन्दसत्रले श्यामकृष्ण श्रेष्ठलाई सर्वसम्मतले आगामी चार वर्षको लागि सञ्चालक समितिको अध्यक्ष चयन गरेको हो । सभाले संस्थाको उपाध्यक्षमा केशवमान श्रेष्ठ, सचिवमा लक्ष्मीभक्त श्रेष्ठ र कोषाध्यक्षमा न्हुछेराज बज्राचार्यलाई चयन गरेको छ । साथै रामसुन्दर श्रेष्ठ, रोजना श्रेष्ठ र सरिता श्रेष्लाई सञ्चालक समितिको सदस्यमा चयन गरेको छ ।
यसैगरी हिरारत्न बज्राचार्य लेखा सुपरिवेक्षण समितिको संयोजक र सदस्यहरुमा सविना श्रेष्ठ र रिम्सा श्रेष्ठ चयन भएको छ । सभाले रत्नकृष्ण श्रेष्ठलाई ऋण उपसमितिको सचिव र रत्नसुन्दर श्रेष्ठ सदस्यमा चयन गरेको संस्थाका व्यवस्थापक राजेज्द्र कुमार कायस्थले जानकारी गराएको छ ।
बन्दसत्र अधि सम्पन्न कार्यक्रमको उद्घाटन मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठलेगरेको थियो । कार्यक्रमको उदघाटन सत्रलाई सम्बोधन गर्दै नगरपालिकाले शिक्षा, स्वास्थ्य र आर्थिक पक्ष सबलताको पक्षमा नगरपालिका लागि परेको बताउँदै नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा अत्याधुनिक सेवा संचालनमा केही प्राविधिक कारणले ढिलासुस्ती हुन गएकोमा नगरपालिका छिटै सिटी स्क्यान लगायतका आधुनिक मेडिकल उपकरणहरु संचालन हुने र आगामी बर्षमा कोईकासँगको सहकार्यमा अस्पतालमा १०० शैय्याको बेडसहितको नयाँभवनसमेत निर्माण कार्यको सम्झौता भइसकेको बताए । त्यस्तै नगरपालिकाले सहकारी ऐन जारी गरिसकेकोले सोको सम्पूर्ण कार्यान्वयन यसै आ.व.बाट हुने र स्थानीयको निक्षेप रकमको सुरक्षा प्रति नगरपालिका सचेत रहेको बताए । कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले हाल देखिएको सहकारीको समस्या समाधानमा नगरपालिका गम्भीर रहृेको बताए । त्यस्ते कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष कृष्ण बहादुर घजु, जिल्ला बचत संघका उपाध्यक्ष पंचकृष्ण श्रेष्ठ र सिद्धार्थ साकोसका अध्यक्ष राजेश श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष रामसुन्दर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम संचालन संस्थाका सचिव लक्ष्मीभक्त श्रेष्ठले गरेको थियो ।