भक्तपुर प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना

0

भक्तपुर प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना


भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले दसैं र तिहारलाई लक्षित गरि सुरक्षा योजना सार्वजनिक गरेको छ । शुक्रबार प्रहरी परिसरमा अन्तरक्रिया कार्यक्रम गरी योजना सार्वजनिक गरेको हो ।

कार्यक्रममा वितरित विज्ञप्ति

  • ड्चाडपर्वमा हुन सक्ने चोरी, लुटपाट, ठगी, स्न्याचिङ तथा जुवा तास लगायतका अपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्नु ।  
  • ड्बडा दशै, दिपावली तथा छठ पर्व लगायतका चाडपर्व सौहार्दपुर्ण वातावरणमा मनाउने व्यवस्था मिलाउनु । 
  • जिल्लाको शान्ति सुरक्षालाई सन्तुलन बनाएर राख्नु ।

सुरक्षा चुनौती 

  • मादक पदार्थ सेवन गरी झै झगडा एवं होहल्ला गरी उच्छृङखल क्रियाकलापहरु हुने । 
  • बिभिन्न बैंकहरुको एटिएम फुटाई चोरी, डकैती, लुटपाट, स्न्याचिङ, वगालीमारा, डलर ठगी तथा जुवातास लगायतका अपराधहरु बढ्न सक्ने ।
  • सार्वजनिक यातायातमा बढी भाडा असुली, अनावश्यक हैरानी तथा क्षमताभन्दा बढि यात्रु बोक्न सक्ने । 
  • आतिस बाजी, पटका लगायतका विविध विष्फोटक पदार्थहरुको ओसारपसार तथा विक्रिवितरण हुन सक्ने 
  • दैनिक आपुर्तिका सामानहरुको कालोबजारी बढ्न सक्ने । 

चाडपर्वमा हुन सक्ने अपराध रोकथामको लागि गरिने प्रयासहरु 

  • सादा पोशाकमा प्रहरी परिचालन गरी सुचना संकलन गरिने ।
  • आम नागरिकसंग समन्वय तथा सहकार्य ।
  • जनचेतनामुलक कार्यक्रम, जिङ्गल बजाउने, माईकिङ तथा जनचेतनामुलक पर्चा पम्प्लेट वितरण गरिने ।
  • जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायसंग समन्वय गरी बजार अनुगमन गरिने ।
  • ट्राफिक सहितको यात्रु सहायता कक्षको स्थापनाको लागि यातायात कार्यालयसंग समन्वय गरिने ।
  • एम्बस ड्यूटी, आकस्मिक  चेकिङ, मापसे चेकिङ तथा पिकेट, मोवाईल गस्ती जस्ता अन्य डिउटी परिचालन
  • लागु औषध नियन्त्रण ब्यूरो  र ट्राफिक प्रहरीको सहकार्यमा संयुक्त ला.प.से. चेकिङको व्यवस्था ।  
  • यातायात कार्यालय भक्तपुरका कार्यालय प्रमुखको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी परिसर भक्तपुर र जिल्ला ट्राफिक प्रहरीका प्रतिनिधि सदस्य रहने गरी अनुगमन समिति गठन गर्ने  निर्णय भएको । 
  • सिसिटिभीद्वारा निगरानीको व्यवस्था ।
  • लामोदुरीमा चल्ने सवारी साधनलाई चेकजाँचको व्यवस्था ।

योजना अनुसार सम्पादित कार्यहरु 

  • सुरक्षा योजना निर्माण गरि कार्यान्वयन  भई रहेको ।
  • ६७५ जना प्रहरी परिचालित जसमध्य ५० जना तालुक कार्यालयबाट माग गरिएको । 
  • ३ वटा नागरिक सुनुवाई कार्यक्रम संचालन । 
  • रात्रीकालिन एम्बुसिङ डिउटी परिचालन । 
  • जिल्ला प्रशासन, भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकासंग संयुक्त बजार अनुगमन गरिएको । 
  • ट्राफिकसँग संयुक्त चेकिङ र ला.प.से. चेकिङ । 
  • जिङ्गल बजाउने, माईकिङ, घरदैलो कार्यक्रम,  जनचेतनामुलक पर्चा पम्पलेट वितरणको लागि  ५०,००० पर्चा पम्प्लेट छाँप्ने कार्य भई रहेको । 
  • २ वटा यात्रु सहायता कक्ष स्थापना गरिएको (लोकन्थली र जगाती) 

सामान्य अवस्था बाहेकका थप डिउटीहरु 

  • यात्रु सहायता कक्ष (हेल्प डेस्क)
  • बजार अनुगमन
  • लामो दुरीमा चल्ने सवारी साधनको चेकिङ
  • एम्बुस डिउटी
  • आकस्मिक रात्रिकालिन चेकिङ
  • एलआरपि
  • सामान्य अवस्थामा परिचालन प्रहरी जनशक्तिभन्दा चाडपर्वमा परिचालित प्रहरी जनशक्ति बढि रहेको र तालुक कार्यायलबाट समेत थप प्रहरी जनशक्ति माग गरिएको । धन्यवाद

      जय नेपाल


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top