भक्तपुर । विराट नेपालभाषा साहित्य सम्मेलन गुथिको ६२ औं साहित्य सम्मेलनमा नेपालभाषा साहित्यका बरिष्ठ साहित्यकार पूर्ण बहादुर बैद्यको नाममा उनको परिवारबाट स्थापित पहिलो विराट पूर्ण वैद्य स्मृति सिरपा नेपालभाषा एकेडेमीका सह–उपकुलपति, इनाप साप्ताहिकका प्रकाशक तथा सम्पादक, नेपालभाषा आन्दोलनका वरिष्ठ नेता एवं नेपालभाषाका वरिष्ठ साहित्यकार मल्ल के. सुन्दरलाई प्रदान गरिएको छ । विराट गुथिले विहीबार गरेको साहित्य सम्मेलनमा मल्ललाई रू. १ लाख नगदसहित सम्मान गरेको हो ।
६२ औ विराट नेपालभाषा साहित्य सम्मेलन कार्तिक ९ गते विहीबार विकुमःछें भक्तपुरमा सम्पन्न भएको हो । विराट नेपालभाषा साहित्य सम्मेलन गुथिको आयोजनामा आफनै नवनिर्मित भबन परिसरमा यो वर्ष सम्मेलनको आयोजना भएको हो । सम्मेलन बिहीबारै सकिएको सम्मेलनको उदघाटन दिउँंसो १२ बजे भएको थियो ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
