भक्तपुर, कार्तिक २६ गते आइतबार । मध्यपुर थिमि नगरमा रहेका कानून अध्ययन गरि कानून व्यवसाय गरिहेका र अन्य क्षेत्रमा पेशा गरिरहेकाहरुसमेतका बिच आपसी भाइचारा स्थापित गर्न र एकआपसमा सहयोग तथा परिचय आदान प्रदान गर्ने उद्देश्यसहित मध्यपुर थिमिबाट पहिलो उच्च अदालतसम्म न्यायधीश बन्न सफल माननीय पूर्व न्यायधीश लक्ष्मीकृष्ण श्रेष्ठको अनुरोधमा कानूनी क्षेत्रमा कार्यरत व्यक्तित्वहरु बिच नेपाल संबत् ११४४ नयाँ वर्ष, स्वन्ती नखः(तिहार) र छठ पर्वको अवसरमा भिंतुना (शुभकामना) आदान प्रदान तथा चियापान कार्यक्रम मध्यपुर थिमिको शंखधर पार्टी प्यालेसमा सम्पन्न भएको छ ।
कार्यक्रम पूर्व न्यायधीश लक्ष्मीकृष्ण श्रेष्ठको सभापतित्वमा भएको भेलामा मध्यपुर थिमिका बरिष्ठ अधिवक्ता दुर्गामोहन श्रेष्ठ, अग्रज अधिवक्ताहरु महेश श्रेष्ठ, अमीरकाजी श्रेष्ठ, भक्तपुर बारका पूर्व अध्यक्ष देबन्द्र श्रेष्ठ, विरेन्द्रभक्त प्रधानांग लगायत ७० जना भन्दा बढीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मध्यपुर थिमिका कानुन अध्ययन गरि कानुनी व्यवसायमा लागेका र अन्य पेशा व्यवसाय अपनाएका थिमिबासीहरुसमेतलाई संगठित गर्न र मध्यपुर थिमि क्षेत्रमा कानुनी रुपमा समुदायलाई सचेत बनाउँदै सामाजिक अभियन्ताको रुपमा स्थापित गराउन र एक आपसमा सद्भाव, सहयोग र भाइचारा कायम गर्ने उद्देश्यसहित एउटा संगठित संस्था निर्माणमा पहल गर्न बरिष्ठ अधिवक्ता कार्यक्रमले दुर्गामोहन श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय भेला तथा संस्थाको स्वरुप तयारीका लागि आयोजक समिति गठन गरेको छ । आयाजक समितिले आगामी दिन संस्थाको उद्देश्य, नाम र तदर्थ समिति निर्माण गर्ने खाकासहितको प्रतिवेदन तयार गरि भेलाको आयोजना गर्ने जिम्मेवारी दिएको छ । यसले थिमिका कानुनविदहरु संगठित बनाउदै आपसी सद्भाव, सहयोग र भाइचाराले मध्यपुर थिमिकोसमेत पहिचान स्थापित गराउन संस्था प्रभावकारी बन्ने सहभागीहरुको भनाई रहेको थियो ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
