भक्तपुर । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले पहिलो ६ महिनाको प्रगति विवरण प्रस्तुत गरेको छ । केन्द्रले एक पत्रकार सम्मेलन गरीे प्रगति विवरण सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनका केन्द्रका प्रमुख डाक्टर नरेन्द्रप्रसाद गिरीले आयुर्वेद स्वास्थ्य केन्द्रमा भक्तपुरबासीहरुको विश्वास वढ्दो रहेको बताएका छन्र । उनले केन्द्रमा आएर उपचार गर्न आउनेहरुको संख्या दिन प्रतिदिन वढ्दो क्रममा रहेको तथ्यांक पेश गरे ।
प्रस्तुत तथ्यांक अनुसार जिल्लामा चालू आर्थिक वर्षको ६ महिनामा कुल ४२ हजार आठ सय २८ जनाले सेवा पाएका छन् । त्यसमध्ये महिला २४ हजार चार सय ४३ र पुरुष १६ हजार ६ सय ४० रहेका छन् ।
डा गिरीले उस केन्दमां निःशुल्क उपचार हुने जनाए । स्वास्थ्य परीक्षणपछि झण्डै २६ थरीको औषधि निःशुल्क पाउने उनले जानकारी दिए । साथसाथै विरामीको सहजताका लागि केन्द्रले नै औषधि वितरण पनि गर्दै आएको जनाए । नाफा नलिने उद्देश्यका साथ सञ्चालित औषधि विक्री केन्द्रबाट १० प्रतिशत छुटमा औषधिको विक्रीवितरण हुने जनाए ।
कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले आयुर्वेद उपचारप्रति जिल्लाबासीको विश्वास वढेकोमा खुशी व्यक्त गरिन् । उनले यसका लागि केन्द्रलाई बधाईसमेत दिइन् । केन्द्र व्यवस्थापन समितिका अध्यक्ष राजुप्रसाद अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्ष अधिकारीले केन्द्रको आफनै भबनका लागि प्रयास जारी रहेको बताए । हालको केन्द्रको मुख्य कार्यालय भक्तपुरको कमलविनायकमा रहेको छ । साथै विभिन्न ठाउँंहरुबाट पनि यस प्रकारका सेवा प्रदान गरिंदै आएको जानकारी दिएको थियो । यो केन्द्र भक्तपुरको कमलविनायकमा रहेको छ ।