मध्यपुर थिमि । स्वस्थ शरीर ,स्वच्छ दिमागः स्वास्थ्य सचेतना, हाम्रो सरोकार भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै आएको विद्यालय विनायक शिक्षा निकेतन इङ्गलिस स्कुलले माघ २६ गते शुक्रबार पूर्व प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरूका लागि स्वास्थ्य परीक्षण कार्यक्रमको आयोजना गरको थियो । प्रा.वि. तहमा अध्ययनरत करिब १९७ जना विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरिएको उक्त कार्यक्रम लुनिभा हेल्थ केयरको प्राविधिक सहयोगमा आयोजना गरिएको बिद्यालयले जनाएको छ ।
अभिभावकको उपस्थितिमा विद्यार्थीहरूको स्वास्थ्य परीक्षण पश्चात् औषधिसमेत वितरण गरिएको थियो । विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्दै बालबालिकाको स्वास्थ्य हाम्रो सरोकार, गुणस्तरीय शिक्षा विनायकको आधार भएको बताए ।
प्रमुख अतिथिको रुपमा मध्यपुर थिमि नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठ रहेको थियो । स्वास्थ्य शिविरमा विद्यालयले आफ्ना नानीहरूको स्वास्थ्यमा चासो राख्दै स्वच्छ तथा स्वस्थ वातावरण तयार गरी एक्काइसौँ शताब्दीको आवश्यकता अनुसारको वैज्ञानिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्न लागिपरेकोमा अभिभावकहरूले बिद्यालयको कार्यप्रति आभारसमेत व्यक्त गरेको थियो । साथै कार्यक्रममा उपस्थित अतिथिहरूले विनायक हरेक क्षेत्रमा अब्बल रहनुको पछाडि विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जोड दिएको कारण रहेको धारणा व्यक्त गरेका थिए ।





%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
