भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. १० साविक चित्तपोल–८) स्थित श्री महाकालेश्वर तथा श्री राधाकृष्ण मन्दिर परिसरमा श्री वृन्दावन धाम आश्रम निर्माण हेतुले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्री जीबनकुमार खडकाको संयोजकत्वमा शिवपुराण मुल आयोजक समिति तथा भक्तिपथ फाउण्डेशन परिवारवाट आयोजना भइरहेको छ । सो कार्यक्रमको प्रमुख अतिथि सुर्यविनायक नगरपालिकाका नगरप्रमुख वासुदेव थापाबाट फाल्गुण ६ गते एक कार्यक्रम गरि उद्घाटन कार्य सम्पन्न भएको छ । श्री शिव पुराण ज्ञान महायज्ञ श्री भक्तिपथ फाउण्डेशनका संस्थापक अध्यक्ष तथा मन्दिरका पिठाधीस श्री शितलकृष्ण महाराजको मुखारविन्दुबाट अमृतमय संगीतमय कथा प्रवचन हुनेछ । सो महायज्ञ तथा प्रवचन कार्यक्रम १४ गतेसम्म ९ दिन चल्ने आयोजकले जानकारी गराएको छ ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
