चोरी भएर अमेरिका पुगेका ऐतिहासिक कलाकृति फिर्ता

0



भक्तपुर । नेपालबाट चोरी भएर अमेरिका पुगेका ऐतिहासिक कलाकृति नेपाल फिर्ता भएका छन् । फिर्ता भएका कलाकृतिमा भक्तपुरको हनुमानघाटस्थित दूर्गामूर्ति, दोलखाको भिमेश्वर नगरपालिका २ स्थित गुरकोटका भैरवका दुई मुखुण्डो र पाटनको ओमवहाल परिसरको फल्चाको प्रस्तरबाट निर्मित उमामहेश्वरको मूर्ति रहेका छन् ।

अमेरिकाका बिभिन्न संग्रहालयमा राखिएका यी चार कलाकृति फिर्ता आएको पुरातत्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले जानकारी दिइन् । विभागका अनुसार फिर्ता भएका कलाकृतिमा तामाबाट निर्मित भैरवका दुई मुकुण्डो रहेका छन् । यी सोह्रौं शताब्दीमा बनेका हुन् ।

त्यस्तै दोलखाको भिमेश्वर नगरपालिका २ स्थित गुरकोट टोलबाट २०५० फागुन २२ मा चोरी भएका थिए । बिभिन्न माध्यमबाट अमेरिकाको डल्लास म्युजियम अफ आर्ट र रुबिन म्युजियम अफ आर्टमा पुगेका थिए ।

यस्तै, प्रस्तरबाट निर्मित उमामहेश्वरको मूर्ति पनि फिर्ता आएको छ । सोह्रौं शताब्दीमा निर्मित यो मूर्ति पाटनको ओमवहाल परिसरको फल्चाबाट सन् १९८० देखि १९९० को बीचमा चोरी भएको थियो । यो मूर्ति ब्रुकलिन संग्रहालय पुगेको थियो ।

यी कलाकृति बिभिन्न संघसंस्था तथा पुरातत्व विभागको पहलमा फिर्ता भएका हुन् । अहिलेसम्म अमेरिकाबाट ७२ ऐतिहासिक कलाकृति फिर्ता भएका छन् । त्यस्तै, अमेरिकासहित बिभिन्न देशबाट १४५ वटा कलाकृति फिर्ता भएको विभागकी महानिर्देशक प्रधानाङ्गले जानकारी दिइन् । पछिल्लो चार कलाकृति फिर्ता ल्याउन अमेरिकाका सरकारी निकायले सहयोग गरेको विभागले जनाएको छ । यससँगै न्यूयोर्कस्थित नेवाः गुथिले आर्थिक सहयोग गरेको थियो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top