एभरेस्ट स्कुलमा पुरस्कार वितरण तथा सास्कृतिक कार्यक्रम

0



भक्तपुर । पाठ्य पुस्तकको ज्ञान, सह–शैक्षिक कार्यक्रम र अतिरिक्त क्रियाकलापसँगसँगै भन्ने अभियानमा अघि बढिरहेको एभरेस्ट इङ्गलिस स्कुल भक्तपुर –२. मिबाछेंमा सास्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रम बुधबार सम्पन्न भयो । नानीहरुलाई मुलुकका विविध सांस्कृतिक परम्परा, भाषा तथा भेषलाई सम्मान एवं माया गर्ने र सह अस्तित्वलाई स्विकार गर्ने स्वच्छ समाजको निर्माण गर्न अभिप्रेरित गर्ने उद्देश्यले आयोजना गरेको उक्त कार्यक्रम दुई चरणमा विभाजन गरिएको थियो ।

कार्यक्रमको पहिलो चरणमा नानीहरूले प्रस्तुत गरेका वा प्राप्त गरेको उच्चतम उपलब्धीहरुको सम्मान गर्न विविध स्तर एवं प्रकारका मेडल तथा पुरस्कार प्रदान गरिएको थियो भने दोस्रो चरणमा विद्यार्थीहरुमा रहेको अन्तर्निहित क्षमता, सिर्जनशिलतालाई गीत, सङ्गीत तथा नृत्यको रुपमा प्रस्तुत गरिएको थियो । आफ्नो लामो समयसम्मको निरन्तर अभ्यासपछिको उपलब्धीलाई अभिभावक, विद्यालय परिवार र साथीहरुसमक्ष प्रस्तुत गर्न पाउँदा अभिभावक ज्यादै हर्षित देखिन्थे ।  विद्यार्थीहरुको प्रस्तुतिले विभिन्न विधाका प्रशिक्षकहरु आफ्नो प्रशिक्षणप्रति सन्तुस्ट देखिन्थे ।

पुरस्कार वितरण तथा नृत्य कार्यक्रममा स्वागत मन्तव्यका क्रममा विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले नानीहरुलाई मुलुकका विविध सांस्कृतिक परम्परा, भाषा तथा भेषलाई सम्मान एवं माया गर्ने र सह अस्तित्वलाई स्वीकार गर्ने स्वच्छ समाजको निर्माण गर्न र अभिप्रेरित गर्न विद्यालयले पाठ्यपुस्तकको ज्ञान, सह– शैक्षिक कार्यक्रम  र अतिरिक्त क्रियाकलापलाई समान महत्व दिएको जानकारी दिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यको सभापतित्वमा सञ्चालन भएको थियो ।



Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top