हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी १७ औं वर्षमा, २ वर्षमा न. १ बनाउने लक्ष्य

0

 


काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका १६ औं वार्षिक साधारण सभा गैरीधारा स्थित सिल्भर ओक बेंक्वेटमा सम्पन्न भएको छ ।  हिमालयन लाइफ इन्सुरेन्सले अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट लाभांश वितरण नगर्ने सभामार्फत् जानकारी गराएको छ ।  जीवन बिमा कम्पनीहरु मर्ज भएर बनेको हिमालयन लाइफ इन्सुरेन्समा साविकका प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्सुरेन्स (३ वटा) मर्ज भएका हुन् । मर्जर पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी रु. ८,०२,०३,८३,६०२ (आठ अर्ब दुई करोड तीन लाख त्रियासी हजार छ सय दुई रुपैया) कायम भएको छ । कम्पनीको हाल ७ वटा प्रादेशिक कार्यालयहरू र २१८ वटा शाखा तथा उपशाखा कार्यालयहरू संचालनमा रहेका छन् ।

सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना सञ्चालकहरुको निर्वाचन गरिएको छ । तथापि यसले यसपालिको साधारण सभा सेयर धनीलाई लाभांशबिनै गरेको हो । यसले सभामा आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन, नाफा– नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी एजेन्डा पारित गरेको छ । सभामा संस्थाका बोर्ड अध्यक्ष शुलभ अग्रवालले यो मर्जरसँगै गौरवको इतिहास भएको र आगामी २ वर्षमा न १ कम्पनी बनाउने लक्ष्य लिएको बताए । त्यस्तै, कम्पनीका सिइओ मनोज कुमार लाल कर्णले सभामा आफ्नो भनाई राख्दै, यो सबै सेयर धनी र बिमाकर्ताहरुको कम्पनी हो, यसमा हिमाल जस्तै अटल संस्थापक सदस्यहरु छन्, यसको नेटवर्क भ्यालु राम्रो छ, यसको इन्डिकेटर पोजिटिभ दिशामा रहेको र कम्पनीको मुनाफा वृद्धि गर्न अनावश्यक खर्च कटौती, आवश्यकता अनुसार कर्मचारी व्यवस्थापन, शाखा–उपशाखाका संयोजक तथा व्यवस्थापनमा उचित ध्यान दिने कार्यलाई प्रभावकारी बनाउने, अनलाईन पोलिसीमा जाने तयारी रहेको बताए । सभामा सञ्चालक समितिका पदाधिकारी, संस्थापक सेयर धनी, साधारण सेयर धनी, सहायक कम्पनि रजिष्ट्रार ललितकुमार थापा, सञ्चारकर्मी लगायतका उपस्थिति रहेको थियो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top