मध्यपुर थिमि । विनायक शिक्षा निकेतन इङ्गलिस स्कुलले फागुन १८ गते अभिभावक अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । पूर्व प्राथमिक तहका प्ले ग्रुप र नर्सरी कक्षाका विद्यार्थीहरूलाई कसरी शिक्षण गर्ने, प्ले वे मेथडबाट विद्यार्थीहरुलाई सिकाउँदै गए स–साना विद्यार्थीले कसरी छिट्टै सिक्न सक्छन् भन्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा नयाँ भर्ना भएका विद्यार्थीका अभिभावकहरूको उपस्थिति रहेको थियो ।
विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिको अध्यक्षतामा तथा अभिभावक सुशान प्रजापति, विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौला, विद्यालयका कन्सल्ट्यान्ट ढुन्डिराज गिरी अतिथिको रुपमा उक्त कार्यक्रममा सहभागी रहेको थियो । कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल प्रजापतिले विद्यार्थीको सर्वाङ्गिण विकासका लागि समय सापेक्ष प्रगतिशील तथा रुपान्तरित शिक्षा प्रदान गर्दै भविष्यमा आत्मनिर्भर नागरिक बनाउनेतर्फ विद्यालय अग्रसर रहेको जानकारी गराए ।
अभिभावकहरूलाई पढाइसँग सम्बन्धित विभिन्न गतिविधि तथा एक्टिभिटी बेस लर्निङमा सहभागी गराइएको उक्त कार्यक्रममा अभिभावकहरुलाई सचेतना प्रदान गरिएको थियो ।
त्यस्तै अभिभावक अतिथि प्रजापतिले विद्यालयले हाम्रा नानीहरूको सर्वाङ्गीण विकासमा ध्यान दिँदै मायालु वातावरणमा सचेतनाका साथ दिएको शिक्षाप्रति आभार व्यक्त गरे । विद्यालयकी पूर्व प्रा वि इन्चार्ज शोभा प्रजापति, शिक्षिकाहरु पदम केशरी श्रेष्ठ, सानु चक्रधरका साथ अन्य शिक्षिकाहरूको संयोजनमा आयोजित उक्त कार्यक्रममा उपस्थित अभिभावकहरूले विद्यालयको कार्यको प्रशंसा गर्दै आभार व्यक्त गरेको थियो ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
