भक्तपुर । मध्यपुर थिमिबाट काठमाडौंलगायत उपत्यकाका विभिन्न स्थानमा माइग्रेट भई गएका थिमिबासीहरुको साझा संस्था शान्ति खलःका सदस्य बीच आपसी सहयोग, सद्भाव तथा सांस्कृतिक पहिचान सहितको जीवन्तता जोगाइ राख्ने उद्देश्यका साथ २०३६ सालमा गठन भएको शान्ति खल ः द्वारा आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत सल्लाघारीको च्वङ्गा गणेशमा ससुपूजा सम्पन्न गरेको छ ।
सो समारोहमा खलःले नयाँ वर्ष २०८२ को क्यालेन्डरसमेत विमोचन गरिएको छ । क्यालेढठर खलःका संस्थापक सदस्य रमेशकुमार चांगुभँदेल श्रेष्ठले विमोचन गरेको हो । खलःका संरक्षक सदस्य तथा शान्ति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बालगोपाल श्रेष्ठले सुखदुःखमा एकआपसमा आर्थिक एवं सामाजिक सहयोग गरी नेवाःहरुको मौलिक पहिचान जोगाउन खलःको स्थापना भएको बताउदै खलःले आजको दिनसम्म आइ पुग्दा आफ्नो उद्देश्य पुरा गर्न सफल भएको र आगामी दिनमा अझ प्रगति गर्न सकोस भन्दै शुभकामना मन्तव्य व्यक्त गरेको थियो ।
कार्यक्रममा खलःका पूर्व महासचिव धर्मकृष्ण चपलिछेँ श्रेष्ठद्वारा लिखित “थिमिया स्यस्यः बिनां” नामक पुस्तक ५० प्रति पनि निःशुल्क वितरण गरिएको थियो । खलःका अध्यक्ष तथा कार्यक्रमका सभापति रत्नसुन्दर कायस्थले खलःमा मानार्थ, संरक्षक, संस्थापक तथा साधारण सदस्य रहेको जानकारी दिँदै आजीवन सदस्य तथा संरक्षक सदस्यको लागि दश वर्षे नीति र पछिल्ला नीति तथा योजनाबारे प्रष्ट पारेको थियो ।
उक्त कार्यक्रममा खलःका सदस्यहरुका साथै थिमिका प्रतिस्थित व्यक्तिहरुको सहभागी रहेको थियो । यो कार्यक्रम खलःले वार्षिक रुपमा प्रत्येक वर्षको चैत्र महिनामा गर्दै आइरेको छ ।





%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
