विनायकमा परम्परागत भेषभुषा प्रतियोगिता

0

भक्तपुर । हाम्रो संस्कृति ः हाम्रो गौरव ,हाम्रो पहिचान नेपालीको शान भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै कलिला मन र मस्तिष्कमा आफ्नो परम्परागत भेषभूषाबारे हरेक वर्ष जानकारी दिँदै आएको विनायक शिक्षा निकेतनले यही २०८१ फागुन १७ गते परम्परागत भेषभुषा तथा प्रतिभा प्रदर्शन कार्यक्रमको आयोजना गरिरेको छ । 

विद्यार्थीहरुलाई कलिलो उमेरदेखि नै आफ्नो भाषा संस्कृति परम्परा बारे प्रयोगात्मक हिसाबले ज्ञान दिने उद्देश्यले आयोजित उक्त कार्यक्रम विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिको अध्यक्षतामा सम्पन्न भएको थियो । पूर्व प्रा वि तहका शिक्षिकाहरूको संयोजनमा तथा पूर्व प्रा वि तहकी एकेडेमिक कोर्डिनेटर पदमकेसरी श्रेष्ठद्वारा सहजीकरण गरिएको उक्त कार्यक्रममा कक्षा नर्सरी र केजीका विद्यार्थीहरू मात्र सहभागी रहेको थियो ।

कार्यक्रम काठमाडौँ विश्वविद्यालयकी शिक्षाविद तथा शोधकर्ता नारायणी ठकुरीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो । विनायकको पूर्व प्रा वि तहमा अध्ययनरत विद्यार्थीहरुका शतप्रतिशत अभिभावकहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा अतिथिहरू मध्यपुर थिमि नगरपालिका वडा नम्बर ६ का वडा सदस्य अरुणा कारन्जित, अभिभावक सुसन प्रजापति, शिक्षाविद मदन रिजाल तथा किरण थापा श्रेष्ठ, नेपाल अस्ट्रेलिया फ्रेन्डसिप एसोसिएसनका सदस्य अस्ट्रेलियन नागरिक रश, चाइनिज भोलेन्टियर र विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले विद्यालयको छत्तीसौँ वार्षिकोत्सव तथा कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै विद्यालयले हरेक वर्ष गर्दै आएको उदाहरणीय एवं मननयोग्य कार्यको प्रशंसा गरेको थियो ।

कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल प्रजापतिले वास्तविक, प्रयोगात्मक र एक्काइसौं शताब्दीको प्रगतिशील सोचको रुपान्तरित शिक्षा विद्यालयले प्रदान गरिरहेको र विद्यार्थीको सर्वाङ्गीण विकास गर्न पढाइका साथसाथै खेलकुद र अन्य अतिरिक्त एवं विषयगत क्रियाकलापमा विद्यालयले जोड दिँदै अब्बल, सक्षम र दक्ष नागरिक उत्पादनमा पहल गरिरहेको जानकारी दिए । कार्यक्रममा उत्कृष्ट प्रतिभा प्रदर्शन गर्ने विद्यार्थीहरुलाई प्रमुख अतिथि तथा अन्य अतिथिहरुले ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने विद्यार्थीहरूले मनमोहक किसिमले विभिन्न गीत, संगीत, नृत्य तथा कराते र जिम्न्यास्टिकका विभिन्न इभेन्टहरु समेत प्रस्तुत गरेका थिए ।



Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top