मध्यपुर थिमि । शिक्षा ,सभ्यता र संस्कृतिको त्रिवेणी बन्दै विद्यार्थीहरूलाई जीवनोपयोगी एवं व्यावहारिक शिक्षा प्रदान गर्दै आएको विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले थप अर्को अन्तर्राष्ट्रिय उत्कृष्ट स्वर्ण पदक÷अवार्ड प्राप्त गर्न सफल भएको छ ।
स्कुल इन्टरप्राइजेज च्यालेन्ज -SECCA_ कार्यक्रम अन्तर्गत विश्वका विभिन्न देशका हजारौं स्कुलका विद्यार्थीहरु बीच उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत विश्वप्रतिष्ठित संस्था Teach A Man To Fish ले विनायकका Good food, Good Mood विद्यार्थीहरूको समूहले गरेको व्यावसायिक योजना, विविध कार्यक्रम र आत्मनिर्भर बन्न सक्ने ज्ञानको मूल्याङ्कन गरी सो अन्तर्राष्ट्रिय स्तरको स्वर्ण पदक प्रदान गरेको थियो ।
विशेष गरेर उक्त कार्यक्रम अन्तर्गत सानैबाट विद्यार्थीहरुलाई सिपमूलक कुराहरूको शोध गर्न लगाई उनीहरूलाई विद्यालय जीवनबाट नै कसरी आत्मनिर्भर बन्ने, शिक्षा सँगसँगै व्यवहारिक ज्ञान कसरी सिकाउँदै लान सकिने भन्ने शिक्षा प्रदान गर्न विगत पाँच वर्षदेखि यस्ता प्रतियोगिताहरूमा भाग लिई कास्य र रजत पदक जितिसकेको र विद्यार्थी तथा शिक्षक शिक्षिकाहरूको कडा मेहनत तथा परिश्रमका कारण यसपटक स्वर्ण पदक प्राप्त गर्न सफल भएको जानकारी विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रबिक्रम प्रजापतिले दिए ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
