सूर्यविनायकमा डोजरको जात्रा ः प्राकृतिक स्रोतको दोहन

0




भक्तपुर । भक्तपुरको अति विकट क्षेत्रको रुपमा रहेको र रोल्पा रुकुम भनेर चिनिने जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ९ कांक्राबारीका पूरै क्षेत्रमा झण्डै तीन दर्जन डोजरहरु दिनरात चले पनि स्थानीय निकायले कुनै कारबाही नभएको भन्दै स्थानीय विरोधमा उत्रेका हुन् । 
यो स्थान सूर्यविनायक नगरपालिकाको वडा नं ९ साविक नंखेल गाविस वडा नं. ४ काँक्रा बनस्थित घिसिङ डाँडामा रहेको छ । यो आयोजना निक भुजिकिक हाउजिङ् कम्पनीले सञ्चालन गरेको हो । टाढाबाट हेर्दा डोजर तथा स्काईभेटरको जुलुस झै देखिने गरी चलाएर सामुदायिक भित्री बनको क्षेत्र अतिक्रमण गरेर काम भइरहे पनि कसैले वास्ता नगरेको भन्दै स्थानीयले दुःख व्यक्त गरेका हुन् । वन क्षेत्रमा रहेको स्थानीय जनताले प्रयोग गर्दै आएको खानेपानीको मूल तथा पानी, पर्धेर, कोलो, बाटो पुर्नुका साथै खानेपानीको पाइपलाइन समेत क्षतविक्षत गरेर स्थानीयलाई खानेपानीबाट बञ्चित गरेको उनीहरुले बताए । आयोजनाले जंगलबाट घासपात समेत ल्याउने बाटो अवरोध भएको स्थानीयले बताएका छन् । 



उक्त कम्पनीले डोजर चलाउँदा परम्परादेखि रहँदै आएको खोल्साखोल्सी समेत पुरिएर पानीको निकास समेत थुनिएको हुँदा वर्षामा आउने भेल बाढीले स्थानीयको घरबारी समेत बगाउने खतरा बढ्दो छ । घिसिङ् टोलमा आयोजना सञ्चलान गर्दा घिसिङ् टोलभन्दा मुनि रहेको लामाटोल अति जोखिममा पर्न गएको छ । आयोजनाले स्थानीय जनताको सहमति विना जबरजस्ती व्यक्तिको जग्गा समेत खनेर व्यक्तिको बसोबास रहेको घरसमेत स्थानान्तरण गर्न बाध्य पारेको छ ।

 


वन क्षेत्रको जैविक विविधता, पर्यावरण र स्थानीय जनताको जीवनमा समेत गम्भीर असर पर्ने गरी सरकारी र सामुदायिक वन क्षेत्र अतिक्रमण गरेर ’निक भुजिकीक हाउजिङ् कम्पनी’ ले प्लटिङ्ग आयोजना सञ्चालन गरेको हुँदा सो आयोजना तत्काल रोक्का गरी वन–जंगल र प्राकृतिक पर्यावरण बिगार्ने काममा संलग्न हाउजिङ् कम्पनीका डिल्ली बराइली, प्रविण कुस्मा र जग्गाधनी भनिने सुधिरकुमार अधिकारी र यसै स्थानका शंकर तामाङ र हाउजिङ्ग कम्पनीसँगको अवैध प्रतिवद्धतामा वन–जंगल अतिक्रमण गर्न सहमति दिने सबैलाई कारवाही गर्न यहाँ जिल्ला प्रशामशन कार्यालय भक्तपुर, जिल्ला वन, सूर्यविनायक नगरपालिका, वडा कार्यालयसमेतलाई ज्ञापनपत्र बुझाइसकेको तर कसैले पनि केही कदम नचालिदिएको स्थानीयले बताएका छन् । 
यसैका लागि स्थानीयले संघर्ष समिति पनि गठन गरेका छन् । गठित संघर्ष समितिको अध्यक्षमा स्थानीय प्रेमबहादुर तामाङ रहेका छन् । उपाध्यक्षमा एकराज तामाङ, सचिवमा सुनिल तामाङ दोङ्ग रहेका छन् । सदस्यहरुमा बाबुराम लामा, बुद्ध लामा, शंकर लामा, ज्ञानबहादुर लामा, देवबहादुर तामाङ (लो), केशव तामाङ,  सानो तामाङलगायतका रहेका छन् ।



वडा अध्यक्ष भगवान् खत्रीले प्लटिङ कम्पनी निक भुजिकिक हाउजिङले वडाको सिफारिसमा सार्वजनिक सुनुवाइ गरेर काम गरिरहेको दाबी गरेका छन् । तर स्थानीयले भने यो गैरकानुनी रुपमा सामुदायिक र सरकारी वन मिचेर गरिएको प्लटिङ भएको भन्दै विरोध जनाएका छन् । स्थानीयका अनुसार वन समितिका पदाधिकारी समेत मौन बसेको कारण विरोधको आवाज कमजोर बनेको छ । उनीहरुको आरोप छ– समितिलाई हाउजिङ कम्पनीले २ लाख ६० हजार रुपैयाँको चेक बुझाएको थियो । वन अध्यक्ष रामकृष्ण तामाङले भने उक्त चेक लिए पनि स्थानीयको विरोधपछि रकम नबुझेको बताए ।




हाउजिङ कम्पनीका निर्देशक डिल्ली बराइलीले आफूहरूले नाफामुखी उद्देश्य मात्र नराखी समुदायको हितमा काम गरिरहेको दाबी गरे । उनले कम्पनीको ८० प्रतिशत क्षेत्रमा स्थानीय तहको अनुमति लिएर डोजर चलाएको बताए । यद्यपि, वातावरणीय प्रभाव मूल्याङ्कन तथा वन र आवाससम्बन्धी अन्य आधिकारिक अनुमति लिने कार्य भने प्रक्रियामा रहेको उनले बताए । 
बराइलीले चारवटा गुठीका प्रतिनिधिसँग सहमति लिएर काम गरेको दाबी गर्दै भने– ‘‘सबैको माग पूरा गर्न हामी सक्षम छैनौं, तर यस क्षेत्रलाई आधुनिक गाउँको नमुना बनाउन काम गरिरहेका छौं ।’’ पहिलो चरणमा करिब १ अर्ब लगानीमा ४ सय रोपनी क्षेत्रमा प्लटिङ आयोजना सञ्चालनमा रहेको उनले जानकारी दिए ।
यो ठाउँं अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको साँंगा झोलुंगे पुलबाट सिधै पहाड माथिको जंगैलैजंगलको बाटो भएर दस १२ किलोमिटर माथि छ । यहाँंको पूरै क्षेत्र जंगलै जंगल रहेका छन् । साथै फाटफुट घरहरु पनि छन् ।
सरोकारवालाहरुले सरोकार नदेखाएपछि उनीहरु आफैं आन्दोलनको तयारीमा जुटेका छन् । यो पूरै वस्ती तामांग वस्ती रहेका छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top