थिमिका मिठाई पसलहरु कारबाहीमा

0


भक्तपुर । जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा मध्यपुर थिमि र सूर्यविनायक नगरपालिका अन्तर्गत रहेका ५ वटा मिठाइ पसलहरुको आइतबार अनुगमन गरिएको छ । अनुगमनका क्रममा कैफियत देखिएका मिठाइ पसलहरुलाई २७ हजार पाँंच सय जरिवाना गर्नुका साथै १३ हजार मुल्य बराबरको बिग्रिएका मिठाइ तथा खुवाजन्य पदार्थ जफत गरी नष्ट गरिएको छ ।

मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) को अवसर पारेर नगरपालिकाहरुमा बजार अनुगमन गरिएका हुन् । जिल्लाको मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाका विभिन्न ठाउँंहरुका मिठाई पसलहरुमा अनुगमन गरिएका हुन् ।

जिल्ला प्रशाशन कार्यालय भक्तपुरको नेतृत्वमा भएको अनुगमनका क्रममा स्वास्थ्यको मापदण्ड पूरा नगरेका पसलहरुमाथि दस हजारदेखि दुई हजार पाँंच सयसम्मको नगद जरिवाना कारबाही गराइएको छ । 

अनुगमनका क्रममा मध्यपुर थिमिका चार र सूर्यविनायक एक वटा गरी कुल पाँंच वटा पसलहरुमा अनुगमन गरिएको थियो । एउटा पसललाई अनुज्ञापत्र लिएर मात्रै मिठाई प्याकिंग गर्न, ३० दिनभित्र अनुज्ञापत्र लिएर उद्योग तथा बाणिज्य कार्यालय भक्तपुरमा उपस्थित हुन निर्देशन दिएको जनाइएको छ ।

नगद कारबाहीमा परेका चारमध्ये सवैभन्दा वढी मध्यपुर थिमि शंखधरचोकका दुई वटा पसलहरु छन् । ति दुवैमाथि दसदस हजार नगदसहित कारवाही गरिएका छन् । नयाँं थिमिस्थित शंखधर मिठाई पसल र धनुषा मिठाई पसललाई प्रति पसल दसदस हजार नगदसहितको कारबाही गरिएका हुन् ।

शंखधर मिठाई पसलमा मूल्यसूचि राख्नुपर्ने, उत्पादित मिठाइहरुमा उत्पादन मिति, म्याद गुज्रने मिति र मूल्य खुलाई राख्नुपर्ने, सरसफाईमा ध्यान दिनुपर्ने, करचुक्ता समयमै गर्नुपर्ने, अनुज्ञापत्र लिएर मात्रै मिठाई प्याकिंग गर्नुपर्ने, स्थानीय निकायमा फर्म दर्ता गर्नुपर्ने कारवाही तथा निर्देशन दिइएको छ । साथै अन्दाजी तीन हजार पाँंच सय रकम बराबरको खुवाजन्य पदार्थ जफत गरी नष्ट गरिएको जनाइएको छ । उता धनुषा मिठाई पसललाई दस हजार नगदसहित अन्दाजी करिव पाँच हजार बराबरको मिठाई तथा खुवाजन्य पदार्थ जफत गरी नष्ट गरिएको जनाइएको छ । साथसाथै विभिन्न निर्देशनहरु दिइएको पनि जनाइएको छ ।

अनुगमन गरिएका कुल पाँंचमध्ये नयाँं थिमि भाटभटेनीस्थित राधेराधे स्वीट्सलाई मात्रै नगदसहितको कारबाही गरिएको छैन । यसबाहेक मध्यपुर थिमि नगरपालिकाको गुप्ता एण्ड स्वीट्स हाउसलाई पाँंच हजार नगदसहित विभिन्न निर्देशनहरु दिइएका छन् ।

अनुगमनमा उद्योग तथा वाणिज्य कार्यालय, राष्टिय उपभोक्ता मञ्च भक्तपुर तथा सरोकारवाला निकायका प्रतिनिधिहरु सहभागी थिए ।




Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top