मध्यपुर थिमि । नेपाल स्काउट स्थानीय कार्यालयको आयोजना तथा मध्यपुर थिमि नगरपालिकाको सहयोगमा दोस्रो मध्यपुुर मोडेल क्याम्प बालप्रेमी माविमा जेठ १५ देखि १७ सम्म सम्पन्न भएको छ ।
समापन समारोह मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख तथा मध्यपुर स्थानीय स्काउट कार्यालयका संरक्षक सुरेन्द्र श्रेष्ठको प्रमुख आथित्यमा सम्पन्न भएको थियो । उनले नगरपालिकाबाट स्काउटलाई सधैं सहयोग गर्न बचनबद्धता व्यक्त गरे । साथै उनले कार्यक्रममा प्रस्तुत गरिएको प्रतियोगितात्मक परम्परागत पोशाक प्रदर्शनी र प्रतिभा प्रस्तुतीकरणमा प्रथम, द्वितीय र तृतीय भएका स्काउटहरुलाई पुरस्कार तथा प्रमाणपत्र पनि वितरण गरे ।
जेठ १५ गते मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख तथा मध्यपुर स्काउट कार्यालयका प्रमुख स्काउट विजयकृष्ण श्रेष्ठले झण्डात्तोलन गरि कार्यक्रमको उद्घाटन गरेको थियो । उद्घाटन कार्यक्रममा बोल्ँदै प्रमुख स्काउट श्री श्रेष्ठले स्काउट युवा तथा बालबालिकाहरुको लागि अत्यन्त महत्वपूण संस्था भएकाले यस संस्थालाई आवश्यक सहयोग गर्न तयार रहेको बताए ।
यस क्याम्पमा नगरपालिकाका विभिन्न १९ वटा विद्यालयका ३२१ जना स्काउटहरु सहभागी भएका थिए जसमा २१७ छात्रा स्काउट र १०४ छात्र स्काउटहरु थिए । उक्त क्याम्पमा साहसिक खेल, मनोरञ्जनात्मक खेल, सहभागीतामुलक खेल, ज्ञानवर्धकलगायत गरी २० वटा विभिन्न खेलहरु खेलाईएको क्याम्प प्रमुख सानु चक्रधरले जानकारी दिए ।
क्याम्प मध्यपुर थिमि नगरपालिकाको आर्थिक सहयोग तथा अन्य व्यवस्थापन युनिफाइड रोभररेञ्जर क्रू र आदर्श रोभरर्ञ्जर क्रूका रोभररेञ्जर तथा स्काउट लिडरहरुले सहयोग गरेका मध्यपुर स्काउट स्थानीय कार्यालयका स्थानीय आयुक्त तुल्सीहरि प्रजापतिले जानकारी दिए । यस क्याम्पको प्रमुख आकर्षणको रुपमा क्पथ अथअष्लिन, शष्उ ष्लिभ, च्यअप ऋष्mिदष्लन लगायत अन्य विभिन्न आकर्षक सहासिक खेलहरु रहेको थिए ।
कार्यक्रममा महानगरिय प्रहरी बृत्तका प्रमुख, पूर्व राष्ट्रिय सचिव शिवराम अर्याल, पूर्व राष्ट्रिय सचिव रामगोपाल कर्माचार्य, बालप्रेमी माध्यमिक विद्यालयका प्रधानाध्यापक सुन्दर श्रेष्ठ, ग्लाडस्टोन स्कुलका प्रिन्सिपल, मध्यपुर स्थानीय स्काउट कार्यालयका परिषद सदस्य बिनोद कोइराला लगायतको उपस्थिति रहेको थियो ।