नीलबाराही विवादः संरक्षणको नाममा अनावश्यक हल्ला, चाँगुनारायण नगरपालिकाको अपिल

0


 

प्रमुख बुँदाहरू:

  • मन्दिर संरक्षणको नाममा समाजमा भ्रम फैलाउने प्रयासको निन्दा
  • स्काईभेटर नियन्त्रणमा, गैरकानुनी प्रयोगबारे कानुनी कारबाही
  • भ्रमण वर्ष २०८२ लाई लक्षित गरी नगरपालिकाको समर्पित प्रयास
  • धार्मिक सद्भाव र सामाजिक एकता कायम राख्न अपिल


भक्तपुर, चाँगुनारायण । भक्तपुरको चाँगुनारायण नगरपालिका अन्तर्गत रहेको ऐतिहासिक तथा धार्मिक स्थल नीलबाराही मन्दिरको संरक्षणसँग जोडिएको विषयमा पछिल्लो समय सामाजिक सञ्जालमा अनावश्यक र भ्रामक प्रचार भइरहेको भन्दै नगरपालिकाले गम्भीर आपत्ति जनाएको छ।

नगर प्रमुख जीवन खत्रीले शुक्रबार सार्वजनिक अपिल जारी गर्दै, केही व्यक्तिहरू संरक्षणको नाममा सामाजिक अभियानमा सक्रिय देखिए पनि उनीहरू नाम कमाउने व्यक्तिगत स्वार्थले प्रेरित देखिएको आरोप लगाएका छन्। अपिलमा भनिएको छ, “चाँगुनारायण नगरपालिका क्षेत्रको माटो व्यवस्थापनसम्बन्धी विषयमा नगरपालिकासँग सरसल्लाह र छलफल भइसकेको छ, तर ती व्यक्तिहरूले त्यसलाई बेवास्ता गर्दै समुदायलाई गुमराहमा राख्ने काम गरेका छन्।”

नगर प्रमुख खत्रीका अनुसार, नीलबाराही मन्दिर भक्तपुर जिल्लाको प्रमुख धार्मिक र पुरातात्विक सम्पदा हो। यसको संरक्षण, सम्वर्धन र प्रचारप्रसारका लागि नगरपालिका तथा जिल्लाका अन्य तीन वटै नगरपालिकाहरू समन्वयमा खटिरहेको जानकारी दिइएको छ।

विगत केही समयदेखि मन्दिरको संरक्षण र माटो व्यवस्थापनको सन्दर्भलाई लिएर सामाजिक सञ्जालमा आधारहीन र लक्ष्यहीन सामग्री सम्प्रेषण गरिएकोमा नगरपालिकाले आपत्ति जनाउँदै शान्ति सुव्यवस्था र सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग आग्रह गरेको छ।

अपिलमा भनिएको छ, “सभ्य र सुसंस्कृत समाजको निर्माण गर्नु हामी सबैको दायित्व हो। कुनै पनि धार्मिक धरोहरमाथि लापरवाहीपूर्ण र मानहानीपूर्ण व्यवहार स्वीकार्य छैन।”

यसबीच, स्काईभेटर (जेसिभी) प्रयोग गरेर माटो व्यवस्थापनको काम भइरहेको अवस्थामा नेपाल प्रहरीले उक्त उपकरण नियन्त्रणमा लिई नगरपालिकामा बुझाएको जानकारी दिइएको छ। स्काईभेटर प्रयोग गैरकानुनी भएको र यसको धनीसँग कानूनअनुसार क्षतिपूर्ति असुल गरिने नगरपालिकाले स्पष्ट पारेको छ।

नगर प्रमुख खत्रीले जारी अपिलमा नगरपालिकाको कुनै पनि कुभावना नरहेको जनाउँदै भ्रामक प्रचारप्रसार नगर्न र धार्मिक सहिष्णुता कायम राख्न सबैलाई अनुरोध गरेका छन्।

त्यस्तै अर्को तर्फ नीलबाराही बचाउ अभियानका अभियन्ताहरु जेसिबी छुटाउनकै लाग् िविगत ४ दिनदेखि दुवाकोटस्थित वडा कार्यालयमा धर्नामा रहेको छ भने नगरपालिकाले अनाधिकृत रुपमा जेसिबी प्रयोग गरेको भन्दै रु. ५०,०००।– नगद जरिवाना गर्ने निर्णय गरेको छ । सोही जरिवाना स्वरुपको रकम विभिन्न व्यक्तिहरुले चन्दा सहयोग मार्फत संकलन गर्दै नगरपालिकालाई जरिवानाको रकमसमेत नगरपालिकाको प्रभु बैंकमा रहेको खातामा जम्मा गरिसकेको अभियन्ताहरुले सामाजिक संजालमा बैंकको भौचर पोष्ट गर्दै जानकारी गराएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top