नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय

0



काठमाडौं । सरकारको निर्णय अनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू निष्क्रिय पारिएका छन्। नेपाल टेलिकम र एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार यस्ता प्लेटफर्महरू बन्द गरेका हुन्।

नेपाल टेलिकमले सार्वजनिक सूचना जारी गर्दै नेपालमा सूचीकरणबिना सञ्चालनमा रहेका सामाजिक सञ्जालहरू हाललाई बन्द गरिएको जानकारी दिएको छ। टेलिकमका अनुसार प्राधिकरणको पत्र, सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय निर्णयअनुसार यस्तो कदम चालिएको हो।

यस्तै, निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले पनि प्राधिकरणको निर्देशन बमोजिम आफ्नो नेटवर्कमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाएको जनाएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले यही भदौ १९ गते (सेप्टेम्बर ४) सेवा प्रदायक कम्पनीहरूलाई पत्राचार गर्दै २६ वटा सामाजिक सञ्जाल निष्क्रिय गराउन निर्देशन दिएको थियो। तीमध्ये फेसबुक, म्यासेन्जर, इन्टाग्राम, युट्युब, ह्वाट्सएपलगायत लोकप्रिय सामाजिक सञ्जालहरू पनि छन्।

सरकारले सामाजिक सञ्जालहरूलाई नियमन गर्न अनिवार्य सूचीकरणको व्यवस्था लागू गर्दै आएको छ। सूचीकरण नगरेका प्लेटफर्महरूलाई निष्क्रिय गर्ने यो पहिलो ठोस कदम हो।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top