ओस्लो, एजेन्सी । नोबेल शान्ति पुरस्कार २०२५ को विजेता घोषणा भएको छ । यस वर्ष यो प्रतिष्ठित पुरस्कार भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरीना मचाडोले प्राप्त गरेकी छन् । उनलाई आफ्नै देशमा प्रजातन्त्र र मानवअधिकारको संरक्षणका लागि हिंसारहित संघर्ष गर्दै सत्तावादी शासनविरुद्ध लामो समयदेखि अग्रसर भई लोकतान्त्रिक मूल्यहरूको पक्षमा पु¥याएको योगदानका लागि सम्मान गरिएको हो ।
नोबेल कमिटीले मचाडोको योगदानलाई “वैश्विक प्रजातान्त्रिक मूल्यहरूको संरक्षणको प्रतीक”को रूपमा व्याख्या गरेको छ । उनले राष्ट्रपति निकोलस मादुरोको सत्तावादी शासनविरुद्ध सशस्त्र द्वन्द्वको सट्टा शान्तिपूर्ण जनआन्दोलन र राजनीतिक संवादलाई प्राथमिकता दिँदै आफ्नो अभियान सञ्चालन गरेकी हुन् ।
यो निर्णयले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको नोबेल पुरस्कार जित्ने आशालाई गम्भीर झट्का दिएको छ । ट्रम्पले यस वर्ष सार्वजनिक रूपमै दर्जनौँपटक आफूले नोबेल पुरस्कार पाउनु पर्ने दाबी गर्दै आएका थिए । उनले आफूले “आठवटा युद्ध अन्त्य गराएको” जस्ता दाबी गरेका थिए, जसमा इजरायल–हमास युद्धसम्बन्धी युद्धविराम योजना पनि समावेश थियो । ट्रम्पले भनिरहेका थिए, “मलाई नोबेल दिइन्न, किनभने उनीहरू (नोबेल कमिटी) त्यो पुरस्कार त्यस्ता व्यक्तिलाई दिन्छन्, जसले केही पनि गरेका हुँदैनन् ।”
तर नोबेल कमिटीले ट्रम्पका यी दावीहरूलाई गम्भीरतापूर्वक नलिएर शान्तिको स्थायित्व, प्रजातन्त्र र मानवअधिकारका लागि निरन्तर र त्यागसहित काम गर्ने व्यक्तिलाई प्राथमिकता दिएको देखिएको छ ।
In the past year, #NobelPeacePrize laureate Maria Corina Machado has been forced to live in hiding. Despite serious threats against her life she has remained in the country, a choice that has inspired millions of people.
ट्रम्पले किन पाएनन् नोबेल पुरस्कार ?
When authoritarians seize power, it is crucial to… pic.twitter.com/GA3C7asz4Y
नोबेल शान्ति पुरस्कारको उद्देश्य विश्वमा दीर्घकालीन शान्ति स्थापना, मानवअधिकारको रक्षा र प्रजातान्त्रिक मूल्यहरूका लागि उल्लेखनीय योगदान पु¥याउने व्यक्तिहरू वा संस्थाहरूलाई सम्मान गर्नु हो । डोनाल्ड ट्रम्पले आफूले युद्धहरू रोकाएको दाबी गरे पनि तीमध्ये धेरैजसो अल्पकालीन सम्झौता थिए । केही संघर्षहरू त औपचारिक रूपमा युद्धको रूपमा घोषणासमेत गरिएको थिएन ।
यसैगरी, गाजामा युद्धविरामको पहल उनले गरे पनि त्यो प्रक्रिया अझै अपूर्ण छ र नोबेल कमिटीले आफ्नो निर्णय गाजा युद्धविराम अघि नै लिइसकेको थियो । साथै, ट्रम्पको कूटनीति ’डिल–आधारित’ मानिन्छ भने मचाडोको संघर्ष शान्तिपूर्ण जनआन्दोलनमा आधारित रहेको छ, जुन कमिटीका लागि थप प्रभावकारी र मूल्यवान् ठहरिएको छ ।
यस वर्षको निर्णयमार्फत नोबेल कमिटीले स्पष्ट सन्देश दिएको छ– “शान्ति सम्झौताबाट होइन, साहस र त्यागबाट आउँछ ।”