क्रान्तिकारी कम्युनिस्ट पार्टीका दर्जनौँ कार्यकर्ताद्वारा पार्टी परित्याग

0

 



काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य नन्दलाल खरेल र स्कुलिङ विभागका सचिव भगिरथ न्यौपानेले पार्टी सदस्यतासहित पार्टी परित्याग गरेका छन्। उनीहरूसँगै अन्य दर्जनौँ नेता तथा कार्यकर्ताले पनि पार्टी छोडेको स्रोतले जनाएको छ।

संयुक्त विज्ञप्ति जारी गर्दै खरेल र न्यौपानेले पार्टीले जडसूत्रवादलाई अँगालेको, क्रान्तिको कुरा मात्र गर्ने तर त्यसको व्यवहारिक कार्यान्वयन नगर्ने, र संगठनलाई "गफ–गफको अखडा" मा रूपान्तरण गरेको आरोप लगाएका छन्। उनीहरूको भनाइमा, पार्टीभित्र वैचारिक स्पष्टता र क्रान्तिकारी दिशाको अभावका कारण संगठन निष्प्रभावी बनेको हो।

नेता खरेलले मुलुक गम्भीर आर्थिक, राजनीतिक र वैचारिक संकटमा रहेको उल्लेख गर्दै पार्टी नेतृत्व त्यसप्रति संवेदनशील र जिम्मेवार बन्न असफल भएको बताएका छन्। विज्ञप्तिमा उनले भनेका छन्, “साम्राज्यवाद र प्रतिक्रियावादी शक्तिको हस्तक्षेप बढ्दो छ, तर हाम्रो पार्टीले त्यसविरुद्ध ठोस नीति र कार्यक्रम ल्याउन सकेन।”

त्यस्तै सचिव न्यौपानेले पनि पार्टीभित्र वैचारिक सुदृढता, आन्तरिक छलफल र संगठनात्मक अनुशासनको अभावले क्रान्तिकारी दिशा हराएको टिप्पणी गरेका छन्। उनका अनुसार, “क्रान्तिको नारा दिएर जनतालाई आशा दिलाउने तर व्यवहारमा निष्क्रिय रहने प्रवृत्तिले हामीलाई आत्ममन्थन गर्न बाध्य बनायो।”

विज्ञप्तिमा खरेल र न्यौपानेले वर्तमान राजनीतिक परिस्थितिमा देशभक्त, जनपक्षीय र क्रान्तिकारी शक्तिहरूबीच एकता र ध्रुवीकरण अपरिहार्य रहेको निष्कर्ष निकालेका छन्। उनीहरूले साम्राज्यवाद र प्रतिक्रियावादविरुद्ध साझा मोर्चा निर्माणको आवश्यकता औंल्याउँदै आगामी दिनमा देशभक्त तथा जनमुखी शक्तिहरूसँग मिलेर नयाँ वैचारिक अभियान अघि बढाउने घोषणा गरेका छन्।

यो घटनालाई पार्टीभित्र बढ्दै गएको असन्तोषको प्रतिफलका रूपमा हेरिएको छ। पार्टी नेतृत्वले भने यसबारे हालसम्म औपचारिक प्रतिक्रिया दिएको छैन।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top