डा. खनालको “सपनीमा आउने रहर” वोलको गीत सार्वजनिक

0
डा. खनालको “सपनीमा आउने रहर” वोलको गीत सार्वजनिक


काठमाडौं । गीत संगीत जीवनका अनन्त सहयात्रीहरु हुन् भन्दा परक नपर्ला । यसबाट बनेको सांगीतिक धुनको संयोजनले दिएको आनन्दबाट हरेक मानिसले एकछिन भएपनि आफूलाई भूलाउन सक्छ र रमाउन सक्छ । गीत र संगीतले हरेक मानिसलाई सजिलै छुन सक्छ भन्ने कुराको उदाहरण डा. उत्तम खनाललाई लिन सकिन्छ ।

खनाल अर्थशास्त्र विषयका एउटा चिर परिचित अर्थविज्ञका रुपमा रहनुभएको छ । नेपालको अर्थराजनीति विषयमा शसक्त रुपमा कलम चलाउन रुचाउने खनाल अनुसन्धान तहका विभिन्न विदाहरु लगायत अन्तराष्ट्रिय जर्नलमा काम गर्दै जसरी आफूलाई एउटा अब्बल मानिसका रुपमा परिचित रहँदै आउनु भएको छ त्यसरी नै उहाँको कलमले साहित्यको क्षेत्रलाई छोड्न सकेको छैन । बरु उहाँले बचेको समयमा शसक्त शब्दहरुले भरिएका गीतहरु रचना गर्दै जानु, कविता लेख्नु पनि अर्को विशेषता रहेको छ ।

डा. खनालको गीतियात्रालाई संगीत र मिठो स्वर दिएर सजाउने काम काठमाण्डौका मनराजा नकर्मी र झापा जिल्लाकी पवित्रा वलीले सहयोग गर्दै आउनु भएको छ । मनराजा नकर्मी रेडियो नेपालमा वरिष्ठ संगीतकारका रुपमा कार्यरत हुनुहुन्छ भने उहाँले सयौं मर्मस्पर्शी संगीतको सिर्जना गर्नुभएको छ । उनलाई झापा जिल्ला घर भएकी सुमधुर स्वरकी धनी एवं रेडियो नेपालबाट स्वर परीक्षा उतिर्ण पश्चात लामो समयदेखि गायन क्षेत्रमा अब्बल स्थान बनाउन सफल व्यक्तित्व पवित्रा वलीले साथ दिएकी छन् । “सपनीमा आउने रहर विपनीमा साँट्न हुन्न, मनमिल्ने साथीलाई मनैदेखि ढाँट्न हुन्न” बोलको गीत हालै सार्वजनिक  भएको छ ।

यसमा पवित्रा वलीको मिठो स्वर सुनिएको छ भने शब्द र संगीतले थप मिठासपन अविस्मरणिय रहेकाले मनमा बस्न सफल हुनेछ । यो गीत सुन्नका लागि तलको लिकंमा क्लिक गर्नुहोला ।   





Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top